नवलपरासीका थारुले भन्यो- थारुको पहिचान समाप्त पार्ने खेल भयो

Tha Ka Sa, Nawalparasi

नवलपरासीका थारुहरुले थारुहरुको अस्तित्व समाप्त पार्नेगरी चार दलका शर्ष नेताहरुले संघीयता ल्याएको आरोप लगाएका छन्। नवलपरासीको दण्डामा थारु कल्याणकारिणी सभा नवलपरासीले गरेको पत्रकार सम्मेलन बोल्दै थारु बुद्धिजीबीहरुले नवलपरासीलाई नटुक्र्याउन माग गरे। टुक्र्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

तराई क्षेत्रमा थारु समुदाय जनसङ्ख्याको अनुपातमा बढी भएको र टुक्र्याउँदा अनुपात कम हुने भएकाले थारु समुदायको समानुपातिक प्रतिनिधित्व कम हुने भएकाले थारु समुदायको पहिचान मेटाउने संघीयता स्वीकार गर्न नसकिने थाकसका इनर महतोले बताए।

उनले नवलपरासीलाई नटुक्र्याई थरुहट प्रदेशमा राख्न अनुरोध गरे। मेचिदेखि महाकालीसम्मका तराईलाई पहाडमा गाभ्ने नहुने उनको तर्क थियो। थारुको पहिचानलाई मेटाउन खोजे आन्दोलमा उत्रने उनको चेतावनी थियो।

त्यस्तै थारु कल्याणकारीणी सभाले सोमबार जिल्ला प्रशासन कार्यलय कावासोतीमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published.