अखण्ड सुदूरपश्चिम प्रदेशको माग गर्दै बन्द

धनगढी- सङ्घीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा आजबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ।  अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग–व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ।
अखण्ड सुदूरपश्चिम पक्षधरले बन्दको आह्वान गरेपछि कैलाली जिल्लास्थित नेपाली कांग्रेस, नेकपा (एमाले), एमाओवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलले बिहीबार संयुक्त रुपमा विज्ञप्ति प्रकाशत गरी सङ्घीयतामा अखण्ड सुदूरपश्चिम एक प्रदेश हुनुपर्ने माग गर्दै बन्दलाई ऐक्यबद्धता जाहेर गरेका छन्। रासस

One thought on “अखण्ड सुदूरपश्चिम प्रदेशको माग गर्दै बन्द

Leave a Reply

Your email address will not be published.