थाकसले गर्‍यो आन्दोलन घोषणा, ३० गते थरुहट तराई बन्द

     Tha ka sa 06

थारु कल्याणकारिणी सभाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। चार शीर्ष दलका नेताहरुले आफूअनूकुल सीमांकन गरेको भन्दै सभाले बिहीबार केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा बैठक बसी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सभाले तराईका जिल्लामा विरोध प्रदर्शनदेखि तराईमा आमहड्तालसम्मको कार्यक्रम घोषणा गरेको हो।
सभाले दिएको जानकारीअनुसार साउन २७ गते राजधानीसहित तराईका सम्पूर्ण जिल्लामा फासीको डोरी जलाउने, २८ गते तराईका जिल्लामा बैलगाडा जुलुस निकाल्ने, २९ गते तराईका जिल्लामा भौतकि प्रतिरोध र भण्डाफोर गर्ने र ३० गते हामहड्तालसहित थरुहट तराई बन्द गर्ने रहेको छ। थारु कल्याणकारिणी सभाको अगुवाईमा हुने आन्दोलनमा थारुका विभिन्न संगठन र थारु सभासद्हरुले एक्यबद्धता जनाएका छन्।
Tha ka sa 05

‘शीर्ष नेताहरुले थारु समुदायको घाँटीमा दास्ताको पासो लगाउन खाजेका छन्। त्यो पासोलाई जलाउनका निम्ति हामीले आन्दोलन घोषणा गरेका हौं,’ आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले भने। उनले यो आन्दोलन विल्कुल भिन्न हुने बताए। ‘मस्यौदा जलाउने, ज्ञापन पत्र बुझाउने कामले शीर्ष नेताहरु टेरेनन्,’ उनले भने, ‘मुख्य कुरा पहिचानका पाँच र सामर्थ्यका चार आधार राज्यको पुनःसरचना गरिनुपर्छ। थारु समुदायले स्वायत्त थरुहट प्रदेश पाउनुपर्छ।’
उनले यो आन्दोलन कुनै जातिविरुद्ध नभइ तराईका सबै आदिवासी जनजातिको अधिकारका निम्ति गर्नुपरेको बताए। ‘यो आन्दोलन पिछडिएका सबै समुदायको हक अधिकारका निम्ति हो। त्यसैले यसमा सबैको नैतिक समर्थन पाउने आशा छ,’ लेखीले भने।
Tha ka sa 03

बैठकका सहभागीहरुले पूर्वी तराईका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली–कञ्चनपुर पहाडमा मिसाउने चलखेलविरुद्ध सम्पूर्ण थारु एक हुनुपर्ने धारण राखेका छन्। ‘कुनै पनि बहानामा तराईका जिल्ला पहाडसँग मिसाइनु हुँदैन,’ सभाका अध्यक्ष धनिराम चौधरीले भने, ‘त्यस्तो भए परिणाम भोग्न राज्य तयार भए हुन्छ।’
त्यस्तै मानबहादुर चौधरीले सुर्खेत पनि थरुहट तराईमै हुनुपर्ने माग राखे। राजनीतिक दलका नेताहरुले पहाडमा मिसाउने खेल खेलिरहेको आरोप लगाउँदै उनले यसका निम्ति थारु कल्याणकारिणी सभाले अग्रनी भूमिका निर्वाह गर्नुपर्ने बताए।
Tha. Ka Sa, Surendra Chaudhary

नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरीले अधिकारको लडाइँ लड्ने बेला यही भएकाले सम्पूर्ण थारुहरु एक भएर लड्नुको विकल्प नरहेको बताए। ‘सम्पूर्ण थारु एक भएर लड्नुको विकल्प छैन,’ उनले भने, ‘अधिकारको लडाइँ लड्ने उचित समय पनि यही भएकाले सबै एक भएर लडौं।’
Tha. Ka Sa, Padmanarayan Chaudhary

त्यस्तै अर्का सभासद् पद्मनारायाण चौधरीले शीर्ष नेताहरुको अगाडि आफूहरुको केही नलागेको बताए। ‘शीर्ष नेताहरुको अगाडि हाम्रो केही चलेन,’ उनले भने, ‘थारुको लडाईँमा हाम्रो साथ समर्थन रहनेछ।’
थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले राजनीतिक पार्टीको बफादार नभइकन आन्दोलन सशक्त बनाउनेपर्नेमा जोड दिए। ‘आन्दोलन राजनीतिक पार्टीको बलमा नभएर सम्पूर्ण थारुहरु एक भएर गर्नुपर्छ,’ उनले भने।
Tha ka sa 04

त्यस्तै थारु विद्यार्थी समाजका उपाध्यक्ष शिव चौधरीले आन्दोलन धेरै ढिला भइसकेकाले जति सक्दो छिटो अधिकारको लडाइँ लड्नुपर्ने आवश्यकता रहेको औंल्याए। आदिवासी जनजाति युवा संघका महासचिव सुदर्शन चौधरीले बहुप्रदेशभन्दा पनि प्र्रदेशको नामांकन, सीमांकनको खाकासहित आन्दोलनमा जानुपर्ने धारणा राखे। उनले थरुहटभूमि तराई भएकाले आन्दोलनदेखि वर्तासम्म तराईमै गर्नुपर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए।
थारु महिला सभाका सरस्वती चौधरीले लडाईँमा महिलाहरुले पनि अग्रनी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन्। विगतमा जस्तै अहिले पनि थारु महिलाहरु अधिकारको लडाइँमा पछि नहट्ने उनले बताइन्।

Leave a Reply

Your email address will not be published.