अखण्ड सुदूरपश्चिम कुनै हालतमा मान्दैनौं : थारु सभासद्

Ramjanam Chaudharyकैलाली र कञ्चनपुरका थारु सभासदले अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन्। कैलाली र कञ्चनपुरका १४ थारु सभासदले बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका हुन्।

केन्द्रमा कञ्चनपुर पहाडी जिल्लासँग जोड्ने र कैलालीलाई टुक्र्याउने विषयमा छलफल भइरहेको भन्दै उनीहरुले कैलाली कञ्चनपुरलाई स्वायत्त थरुहट प्रदेशमा राख्न माग गरेका छन्।

जवाफमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले सकेसम्म सबैको अधिकार सुनिश्चित हुने गरी संविधान जारी गरिने बताएको फोरम लोकतान्त्रिका सभासद रामजनम चौधरीले जानकारी दिए।

6 thoughts on “अखण्ड सुदूरपश्चिम कुनै हालतमा मान्दैनौं : थारु सभासद्

  1. Kailali and Kanachanpur THARU haruko history sang jodiyeko place ho …yo tarai sang jodinu par6 na ki pahad sang …jay tharuhat

  2. अति राम्रो। यस्तै हुनुपर्छ र यस्तै होस्। रामजनम चौधरी लगायत कैलाली-कञ्चनपुरलाई स्वायत्त थरुहट प्रदेश चाह्ने र बनाउनै पर्ने पहल गर्नुहुने सभासदहरुलाई अग्रिम बधाई तथा सफलताको शुभकामना छ।

  3. लगे रहो मुन्ना भाई । दास बनिरहने जमाना गयो अब आफ्नो मालिक आफै बन्ने जमाना आइसक्यो । अफ्रिकामा कालाहरु उहिल्यै लडिसके । थारुहरु एक्काइशौं शताब्दीमा नलडी सुख छैन ।

  4. jyan jawos tara tharuwan rajya kunai halat ma 6odnu hudaina netaho hami jantale support gar6. sadhai vari das banayal palkeka shosak harulai taha lagaunai par6.

  5. Kewal dui gillaka sabhasad matra hoin sampurna sabhasadharu lagau. Yo pida 2 jillako matra hoin sabai tharuharuko ho. Andolan ra chunawma namaskar garne bahunbadi netaharulai ab tharuharule bastbik power dekhaunai par6. Yo mauka pheri-pheri audain.

Leave a Reply

Your email address will not be published. Required fields are marked *