झापा, मोरङ, सुनसरी पूर्वी पहाडमा गाभिने, कञ्चनपुर अखण्डमा

Mapसीमांकनको प्रमुख विवादीत विषय बनेको पूर्वको झापा, मोरङ र सुनसरी अन्नततः पूर्वी प्रदेशमा गाभिने भएको छ। औपचारिकरुपमा नेताहरुले केही नबताए पनि पूर्वी तराईका यी तीन जिल्ञला पूर्वी प्रदेशमा गिभिने लगभग निश्चित भएको छ।

त्यस्तै विवादीतमध्येकै कैलाली र कञ्चनपुरमध्ये कञ्चनपुर अखण्ड सुदूरपश्चिममा गाभिने लगभग पक्का भएको बिहीबारको छापामा उल्लेख छ। शेरबहादुर देउवा, भीम रावललगायत नेताहरुले कैलाली पनि टुक्र्याएर दिनुपर्ने दबाब दिइरहेको बताइएको छ।

एक शीर्ष नेतालाई उद्धृत गर्दै सेतोपाटीमा अमित ढकाल लेख्छन्- १६ बुँदे सहमतिमा आठ प्रदेश बनाउने टुंगो गरेका दलहरु अब छ प्रदेश बनाउने र सिमांकनको विवाद पनि टुङ्ग्याउने सहमति नजिक पुगेका छन्। यसरी बन्ने ६ प्रदेशमा पहाडमा मधेससँग जोडिएका चार प्रदेश र मधेशमा दुई प्रदेश रहनेछन्। विवादमा रहेका मधेशका ५ जिल्ला- पुर्वका झापा, मोरङ, सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुर- मध्ये झापा, मोरङ, र सुनसरी पहाडका जिल्ला सहितको पूर्वी प्रदेशमा रहने लगभग सहमति भएको छ। पश्चिमका कैलाली र कञ्चनपुरमध्ये कञ्चनपुर पश्चिम पहाडका जिल्लासहितको प्रदेशमा रहनेमा पनि पार्टीहरुबीच सहमति भएको छ। तर कैलालीको विवाद अझै मिलिसकेको छैन।’

समाचारमा जनाइएअनुसार कांग्रेस र एमालेका नेता, विशेषगरी शेर बहादुर देउवा र भिम रावल, कैलाली पूरै जिल्ला पश्चिम प्रदेशमा रहनु पर्ने अडानमा छन्। कैलाली जिल्लालाई विभाजन गरेर पहाडे बहुल बस्ती भएको भाग पश्चिम प्रदेशमा र थारु बहुल भाग मधेशको प्रदेशमा राख्नुपर्ने एमाओवादी र लोकतान्त्रिक फोरमको अडान छ।

यता फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मोरङ, सुनसरी, सप्तरी, सिराह, र उदयपुरलाई मिलाएर छुट्टै प्रदेश बनाउनु पर्ने जोड गरेका छन्। यी जिल्लामा थारु समुदायको उल्लेख्य उपस्थिति भएकोले गच्छदारले छुट्टै प्रदेशको जोड गरेका हुन्। एमाओवादीले पनि यी जिल्लालाई मिलाएर छुट्टै प्रदेश बनाउनु पर्ने अडान हिजो दिउँसोसम्म राखेको थियो।

नागरिक दैनिकमा उल्लेख भएअनुसार झापा, मोरङ, सुनसरीसहित पूर्वका पहाडी जिल्ला समावेश गरेर एउटा प्रदेश बनाउने, सप्तरीदेखि पर्सासम्म अर्को प्रदेश बनाउने सहमति छ। त्यसैगरी, रामेछाप, दोलखा, नुवाकोट, रसुवासहित काठमाडौं, धादिङदेखि चितवनसम्म अर्को प्रदेश बनाउने, नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश र गोरखादेखि प्युठानसम्म अर्को प्रदेश बनाउने लगभग सहमति जुटेको स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published.