खेलाडीको बिमा गरिने

एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर
एथलेटिक्स खेलाडी केशरी चौधरी। फाइल तस्बिर

बजेटमा आगामी वर्ष हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिने, खेलाडीको बिमाको व्यवस्था गरिने, स्तरीय खेल प्रशिक्षण र अभ्यासका लागि मुख्य सहरमा कभर्ड हलको निमार्णलाई निरन्तरता दिइने, खेलकुदको सन्तुलित विकासका लागि एक निर्वाचन क्षेत्र एक खेल मैदान नारालाई निरन्तरता दिइने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।
गत वर्षको बजेट वक्तव्यमा हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेल मैदान निर्माण गरिने अभियानअन्तर्गत गत वर्ष सुरुमा ५३ निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण सम्पन्न गरिने लक्ष्य पूरा हुन सकेन । ती जिल्लाका लागि भनेर छुट्टयाइएको बजेट बरु १८० निर्वाचन क्षेत्रमा पठाइएकामा पूर्वाधारका प्रारम्भिक काम भने सुरु भएको छ ।
यस वर्ष पनि सो कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ तर कति निर्वाचन क्षेत्रमा खेल मैदानको काम सुरु गरिने भन्ने स्पष्ट पारिएको छैन । मन्त्री पौडेलका अनुसार यस वर्ष सो कार्यलाई निरन्तरता दिँदै कार्यक्रम २४० सै निर्वाचन क्षेत्रमा पु¥याइने छ ।
आगामी आवको बजेटमा विद्यालयस्तरदेखि नै खेलकुदको विकासका लागि चार हजार सामुदायिक विद्यालयका लागि प्रतिविद्यालय रु १० हजारको दरले खेल सामग्री उपलब्ध गराइने नयाँ कार्यक्रम उल्लेख छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाले भने आगामी वर्ष खेलकुदमा बजेट बढ्नुमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले गत वर्ष नै आफूहरूले सातौँ राष्ट्रिय खेलकुदको आयोजना गर्न बजेट माग गरेको भए पनि बजेट नछुट्टाइएको गुनासो गर्नुभयो ।
आगामी माघ महिनामा भारतमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्तरीय प्रदर्शन गर्ने तयारीसहित गर्न लागिएको सातौँ राष्ट्रिय खेलकुद समयमै सम्पन्न हुनेमा आशङ्का व्यक्त गर्दै उहाँले सोका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्न आगामी भदौदेखि नै तीव्र रुपमा तयारी थाल्न आग्रह गर्नुभयो । मन्त्रालयले भने अर्थ मन्त्रालयसँग रु तीन अर्ब बजेट माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published.