सभासदलाई ४ अर्ब ८० करोड बजेट

तस्बिर सौजन्य : दीपेश श्रेष्ठ
तस्बिर सौजन्य : दीपेश श्रेष्ठ

टुक्रे आयोजना र कार्यकर्ता केन्दि्रत भनेर आलोचित बनिरहेको निर्वाचन क्षेत्रका दुई कार्यक्रमलाई अर्थमन्त्री रामशरण महतले ४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेका छन् । अघिल्लो बर्षको रकममा बृद्धि गर्दै महतले सभासद रिझाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई प्राथमिकता दिएका हुन् । दुवै कार्यक्रमको रकम गत बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि बृद्धि गरिएको हो ।

महतले व्यबस्थापिका संसदमा पेश गरेको बजेट बक्तव्य अनुसार गत बर्षबाट सञ्चालित ‘निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम’ को १ करोड रुपैयाँ बढाएर डेढ करोड पुर्याइएको छ । ५८ सालबाट संचालित सांसद विकास कोषको कार्यक्रमको १५ लाख रुपैयाँलाई बढाएर २० लाख पुर्याइएको छ । सार्वजनिक गरिएको कार्यक्रम अनुसार पुर्वाधार विकास अन्तगर्तको कार्यक्रम २ सय ४० निर्वाचन क्षेत्रमा सञ्चालन हुने छ ।

अर्को कार्यक्रम अन्तर्गतको २० लाख रुपैयाँ भने प्रत्येक सभासदले पाउने छन् । उक्त आधारमा पुर्वाधार अन्तर्गतको जम्मा रकम ३ अर्ब ६० करोड हुन आउछ । ६ सय १ सभासदका लागि अर्को कार्यक्रमको रकम भने १ करोड २० लाख २० हजार रुपैयाँ हुन आउछ । दुवै जोडेर सरकारले सभासदको नाममा ४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published.