पूर्वमा बालविवाह रोक्दै महिला सभा

Daijoथारु समुदायमा कलिलै उमेरमा विवाह गर्ने प्रचलन पुरानै हो। यसको प्रमुख कारण शिक्षा हो। तर आज त्यो अवस्था छैन। थारु समुदाय पनि शिक्षित जमात बढेको छ। बालविवाह भने अझै उस्तै छ। दाइजो र बालविवाह मौलाउँदै गएपछि थारु महिला सभाले यसविरुद्ध अभियान थालेको छ। अभियानअन्तर्गत उनीहरुले भइरहेको बालविवाह रोक्न सफल पनि भएको छ।
बुधबार मोरङ लखनतरी-९ का साभी माझीका २३ वर्षीया छोरा शिवनारायण माझीको विवाह सुनसरी ‍औरावनीका चाँदनी माझीसँग तय भएको थियो। लसी माझीकी छोरी चाँदनी भने १६ वर्षकीमात्र हुन्। नेपालको कानुनअनुसार महिलाको हकमा २० वर्षमुनि विवाह गर्नु अपराध मानिन्छ।
खबर पाएसँगै थारु महिला सभा मोरङका सभापति कल्पना चौधरी नेतृत्वको टोली गएर विवाह रोकाएका छन्। विवाह रोकाएपछि शिवनारायण माजीले फेसबुकमा महिला सभाविरुद्ध अश्लील गालीगलौज गरेका थिए। गालीगलौजसँगै अध्यक्ष कल्पनाले जिल्ला प्रहरी कार्यालयमा विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी दिएका थिइन्। उजुरीसँगै प्रहरीले शिवनरायणलाई पक्राउ गरको थियो।
अहिले दुबै पक्षबीच मिलापत्र भइसकेको प्रहरीले जनाएको छ। ‘विवाह रोकिएपछि हामीले फेसबुकमा गालीगलौज गरे,’ अध्यक्ष कल्पना चौधरीले भनिन्, ‘प्रहरीले हिरासतमा लिएपछि गल्ती स्वीकार्योे र मिलापत्र गर्यौंब।’
कल्पनाका अनुसार महिला सभाले विगत चैतदेखि यस्तो अभियान चलाएको छ। थारु समुदायमा बढ्दै गएको बालविवाह र दहेज प्रथा रोक्नका लागि यस्तो अभियानको थालनी गरेको उनले बताइन्। हालसम्म चार वटा बालविवाह रोक्न सफल भएको उनले बताइन्। ‘अहिलेसम्म चार वटा बालविवाह रोक्यौं। विभिन्न ठाउँबाट यसबारे सूचना पनि आउने गरेको छ,’ उनले भनिन्।
उनले बालविवाह र दाइजोसम्बन्धी विभिन्न ठाउँमा अन्तर्क्रिया र सन्देशमूलक कार्यक्रम पनि आयोजना गरिरहेको बताइन्।

Leave a Reply

Your email address will not be published.