बर्दियाका ७ सय घर डुबानमा

Bardia_flood 03

बिहीबारदेखि परेको अविरल वर्षाले बर्दियामा करिब ७ सय सय घर डुवानमा परेका छन् । जिल्लाको बासगढी नगरपालिका– ५ खल्लागाउ‘स्थित सुकुम्बासी टोल, धधवार र ककौरा लगायत क्षेत्रमा ७ सय घर डुवानमा परेका हुन् ।

अविरल वर्षासँगै मानखोलामा आएको बाढीले सुकुम्बासी बस्ती र दक्षिण टोलाका सय घर डुवानमा परेको प्रहरी निरीक्षक  श्यामजंग शाहले बताए । त्यसगरि ककौरामा २ सय ५० घर जलमग्न छन् । धधवार ६ कमैया बस्तीका १ सय ५० घरमा समेत डुबान छ । लक्ष्मणास्थित इलाका प्रहरी कार्यालय डुबानमा परेपछि त्यहा कार्यरत प्रहरी सहकारी भवनमा सरेका छन् ।

SofK;g M alb{ofsf] 8'8'jf vf]nfdf af9Ln] aufPsf NofPsf bfp/f ;+sng ub}{ :yfgLo . tl:j/ M hgs g]kfn÷sflGtk'/

त्यस्तै अविरल वर्षाले गुलरिया– ५ संगमबस्तीमा १० घर र सानोश्री ताराताल नपामा ५ घर डुवानमा परेका छन् । ग्रामिण क्षेत्रमा कती घर डुवानमा परे त्यसको बिस्तृत जानकारी प्राप्त नभएको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ ।

अविरल वर्षाले गुलरिया नगरपालिका(५ स्थित बाढी पीडितको अस्थायी शिविर जलमग्न भएको छ । ओत लाग्ने ठाउ नभएपछि उनिहरु विचल्लीमा परेको बाढीपीडित कालिका घर्तीले बताइन् । शिविरमा ४१ घर परिवार बस्दै आएका छन् । बाढी आउने त्रासले बबई नदीसँग जोडिएको गुलरिया नपा लगायत वरिपरि गाविसका बासिन्दा रातभर जाग्राम बसेका थिए ।

जल तथा मौसम विज्ञान महाशाखा अन्र्तगत नेपालगन्जस्थित कर्णाली बेसिन कार्यालयका प्रमुख गोबिन्द झाका अनुसार मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी बर्दियाको गुलरियामा वर्षा भएको छ । उनका अनुसार सुक्रवार २ सय ४५ मिलीलिटर पानी परेको छ । यसैगरि जिल्लाको पुर्वपश्चिम राजमार्गस्थित बबई सिचाई बॉध नजिक परेवा ओडार रानीजरुवामा २ सय ३५ मिलि पानी परेको उनले बताए ।

कर्णाली र बबई नदीमा जलस्तर बढै गएको छ । कर्णाली नदीमा करिब ७ दशमलव ५ मिटर माथि पानीको स्तर पुगेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ । कर्णाली नदीमा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । कर्णालीमा ९ मिटर माथि जलस्तर पुग्न साथ बाढीको खतरा हुन्छ । तटिय क्षेत्रका बासिन्दालाई संभावित बाढी बाट जोगिन सजग रहन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । नेपाली सेना,ससस्त्र प्रहरी र नेपाल प्रहरीलाई आउन सक्ने संभावित बाढीलाइ मध्यनजर राख्दै सजक रहन भनिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कु‘वरले बताएका छन् ।

Bardia_flood 02

नदी तटीय क्षेत्रका बासिन्दा घरमा रहेका खाद्यान्य, नागरिकता, लुगा कपडा लगायत बहमुल्य सामान सुरक्षित स्थानमा राख्न थालेको बनियाभार गाविस जोधीपुरका कर्ण चौधरीले जनाए । स्थानिय प्रशासन र उद्योग वाणिज्य संघले भीषण वर्षा संगै बाढी आउने चेतावनी दिएपछि स्थानिय रातभर जाग्राम बसेको बताउ‘छन् ।

जलमापन केन्द्रका अनुसार बबईमा ३ दशमलव ७ मिटर पानीको बहाव रहेको छ । साढे ५ मिटर माथि पुग्नासाथ बाढीको खतरा हुने जलमापन केन्द्र चेपाङ्गले जनाएको छ । अविरल वर्षाले गुलरिया लगायत बर्दियाका अधिकांश भुभाग डुवानमा छन् । केही ठाउँ बाहेक ढल निकासको अभावमा नगर वरिपरि र ग्रामिण क्षेत्र डुवानमा परेका हुन । गत वर्ष साउनको अन्तिम साता आएको बाढीले दुई दर्जनको मृत्यु र १० जना वेपत्ता भएका थिए । करिब ९२ हजार घरधुरी बाढीबाट प्रभावित भएका थिए ।

कमल पन्थी/कान्तिपुरबाट साभार

Leave a Reply

Your email address will not be published.