दुई साताअघि विवाहमा जन्ती जाँदा भएको झगडाको रिसिइबीलाई लिएर सुनसरी रामधुनी भासिका युवकको हत्या गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सबैलाई शुक्रबार कर्तब्य ज्यानमा मुद्दा चलाएको छ।
आफ्नो जातीय परम्परा र संस्कृतिअनुसार जेठ १७ गते राति सुनसरी बक्लौरी-७ का बाबुराम चौधरी र रामधुनी भासी-३ की कमल चौधरीको विवाहमा युवाबीच झगडा र कुटाकुट भएको थियो।
कुटाकुटको रिसिइबीलाई लिएर विवाहको चार दिनपछि बेहुला पक्षीय युवा समूहले बेहुली पक्षका १८ वर्षीय सुन्दर चौधरीको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।
प्रहरीले सुन्दर हत्या गर्ने मुख्य योजनाकार बक्लौरी-१ का रिमोद चौधरी, आशिष चौधरी, अर्जुन चौधरी, गयाराम चौधरी, सुरज चौधरी, अमित चौधरी, सुरज राई र विनय रोशन चौधरीलाई कर्तब्य ज्यानमा मुद्दा चलाएको हो। मुद्दा चलाएका १८ वर्षदेखि २२ वर्ष उमेर समूहका छन्।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक टीका कार्कीका अनुसार रिमोदलाई बेहुली पक्षका युवाले कुटपिट गरेको बदलामा योजनाबद्धरुपमा सुन्दरको हत्या भएको अनुसन्धानबाट खुलेको छ।
‘रिमोद नेतृत्व टोलीले खुकुरी प्रहार गर्दा सुन्दरको मृत्यु भएको खुलेको छ,’ कार्कीले भने, ‘रिमोदले साथीहरु बोलाएर हत्या गरेको स्वीकारेका छन्।’ सुन्दरलाई हत्या गर्ने आठै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्योख।
जेठ १७ गते बेहुला र बेहुली पक्षीय युवा समूहको झगडाले उग्र रुप लिने त्रासले दुवै पक्षका अभिभावकले विधि-विधान छोट्याएर विवाह गरेका थिए। तर, त्यही विवाहमा परेको झगडाको रिसिइबीले चार दिनपछि बेहुला पक्षका युवा समूहले बेहुली पक्षका युवक सुन्दरको हत्या भएको थियो।
जेठ २१ गते साँझ रामधुनी भासिका १८ वर्षीय सुन्दर चौधरी साथीसँग काम विशेषले बक्लौरीको गाउँमा गएको मौका पारेर बेहुला पक्षका युवाले आक्रमण गरी हत्या गरेका थिए। सुन्दरसँगै बक्लौरी पुगेका दुलार मियाँ, अनिल चौधरी र रामनारायण चौधरी भने भागेर बाँचेका थिए।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर
Ek yug thiyo jaha galti garyo bhane arko junima bhognu parthyo. Tara aajkal arko juniko lagi parkhanu pardaina, aaja gareko galti aaja nai bhognu parcha
jhok maa kaam bigaarnu ra pachhi pastaaunu.