पस्नक् पन्ह्वा बिमोचित

Bimochan Pasnak Panwa

जंग्रार साहित्यिक बखेरी मलेशियाको प्रकाशन पस्नक् पन्ह्वा संयुक्त गजल संग्रहको बिमोचन हुइल भएको छ। जेठ ३० गते त्रिवि कीर्तिपुर परिसरमे ठुम्रार साहित्यिक बखेरीके २८औं श्रृंखला कार्यक्रमको अवसरमा कृति बिमोचन भएको हो।

कार्यक्रमको बर्का प्रमुख अतिथि जिउगर साहित्य समाज, धनगढीका उपाध्यक्ष रबिना चौधरी रब्बु तथा साहित्यिक श्रृंखलाका सुत्राधार साहित्यकार कृष्णराज सर्वहारीले गजलको संग्रहको संयुक्त रुपमा विमोचन गर्नुभयो। रबिनाले बिदेशमा बस्नेहरुले पनि भाषा साहित्यको सेवामा लागेको देख्दा खुशी ब्यक्त गर्नु भयो। यसमा २१ जना गजलकारको १०/१० थान गजल समावेश छ। गजलको संग्रहको सम्पादन कृष्णराज सर्वहारी तथा सोम डेमनडौराले गर्नु भएको छ।

कार्यक्रम बैशाख १२ को महाभूकम्पमा परेर दिवगंत हुनुभएका कैलालीका गजलकार रामुराजा चौधरीको सम्झनामा १ मिनेट मौनधारण गरी शुरु भएको थियो। कार्यक्रममा श्रष्टाहरुले खासगरी भूइचालको अनुभूतिसम्बन्धी रचना पाठ गरेका थिए।

कार्यक्रममे जंग्रार साहित्यिक बखेरीका प्रतिनिधि सेवेन्द्र कुशुम्या, पुनाराम चौधरी कर्याबरीक्का, नन्दु चौधरी, एन्जल कुश्मी, मनोज हर्दिउला, सीएन थारु, रोशन रत्गैया, सिताराम चौधरी, मोहन चौधरी, गीता दृष्टि, कृष्ण सर्वहारी लगायत श्रष्टाहरुले रचना सुनाएका थिए। रबिना चौधरी रब्बुले रचना पाठ गर्नेहरुलाई तुरुन्त गजलरुपी जवाफ दिएर कार्यक्रम बनाउनु भएको थियो।

Leave a Reply

Your email address will not be published.