थारु सांस्कृतिक हस्तकला तालिममा साबित्री चौधरी उत्कृष्ट

Tharu Handycraft Traningकारी महतो।

थारु कल्याणकारिणी सभा चितवन-७ को आयोजनामा थारु सांस्कृतिक हस्तकला निर्माण तालिमको एक कार्यक्रमकाबीच पूर्वअर्थमन्त्री एवम् संविधान सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथियमा समापन भयो।

जेठ १६ गतेदेखि सुरु भएको १५ दिने तालिममा २० जना महिलाको सहभागिता थियो। तालिम सञ्चालनका लागि निर्वाचन क्षेत्र विकास कोषबाट संविधान सभा सदस्य माननीय सुरेन्द्र पाण्डे र खैरहनी नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिले तालिमका सहभागि प्रशिक्षार्थीहरु र प्रशिक्षकलाई प्रमाण-पत्र प्रदान गरे। प्रशिक्षार्थीहरुमध्ये उत्कृष्ट एक जना (साबित्री चौधरी)लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो।

कार्यक्रमको समापन गर्दै प्रमुख अतिथिले तालिमलाई जीवन उपयोगी र प्रतिफल बनाउनका लागि निरन्तर अभ्यास गर्दै आयआर्जन गर्नतफ अभिप्रेरित हुनका लागि प्रशिक्षार्थीहरुलाई सुझाव दिए।

समापन कार्यक्रममा खैरहनी नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिमध्ये नेकपा (एमाले)का तर्फबाट पूर्ण डल्लाकोटी, एकीकृत माओवादीका तर्फबाट रामेश्वर पोखरेल, नेकपा मालेका तर्फबाट कृष्ण थपलिया राप्रपाका तर्फबाट देवराज कँडेल, सदभावनका तर्फबाट राजकुमार बर्तौला थारु कल्याणकारिणी सभाका तर्फबाट चन्द्रकुमारी चौधरी र टिकेन्द्र चौधरी एवम् सहभागिका तर्फबाट हुमा कुमारी चौधरी मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम थारु कल्याणकारिणी सभा क्षेत्र-७ का सभापति नारायणप्रसाद महतो अध्यक्षता र सचिव दिलिप महतोको संयोजकत्वमा सम्पन्न भयो।

१५ दिनका तालिम अवधिमा प्रशिक्षक मुना चौधरीले बरुवा, बाबियो, खर इत्यादि कच्चा पदार्थको प्रयोगबाट विभिन्न आकर्षक हस्तकला सामग्रीहरु ढक्की, दौरी, पेन होल्डर, ट्रे, इत्यादि सामग्री बनाउन प्रशिक्षण दिइन्।

Leave a Reply

Your email address will not be published.