मधेसी मोर्चाबाट विजय गच्छदार निष्काशित

madhesi-leaders

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोर्चाको लक्ष्य तथा अवधारणा विपरित १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको भन्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई मधेसी मोर्चासँग कुनै सम्बन्ध नरहने गरी निस्काशन गरेको छ। 

मोर्चाको बुधबार बसेको बैठकले मोर्चामा कुनै सल्लाह नै नगरी १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको भन्दै फोरम लोकतान्त्रिकलाई निष्काशन गरेको हो।मोर्चाको बैठकले मधेसी, आदिवासी,जनजाति, दलित, मुश्लिम, पिछडावर्गलगायत सिमान्तकृत जनताको मूल मुद्दा पहिचान, समावेशिता र अधिकार सम्मपन्न स्वायत्त प्रदेशसहितको राज्यको पुर्नसंरचनालाई नै धरापमा पार्ने गरी १६ बुँदे सहमति भएको ठहर गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा चार दलबीच भएको १६ बुँदे सहमति अन्तरिम संविधानको प्रस्तावना, मर्म र निर्दिष्ट लक्ष्य विपरित प्रतिगामी कमद भएको उल्लेख छ।

१६ बुँदे सहमतिले मुलुकलाई झनै बढी आन्तरिक द्वन्द्वमा धकेल्ने मोर्चाले दाबी गरेको छ।बैठकले चार दलबीच भएको १६ बुँदे सहमतिले अन्तरिम संविधानको धारा १३८ मा भएको संवैधानिक व्यवस्थाको उल्लघंन भएको ठहर गरेको छ। चार दलबीच भएको सहमतिले संविधानसभाको क्षेत्राधिकार कटौति गरेको र संविधानसभाको गरिमामाथि नै प्रश्न खडा भएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published.