सफल सरस्वती

Sarswati Chaudhary_Vollyball Playerबितेको वर्ष नेपाली महिला भलिबलले ऐतिहासिक उपलब्धी हासिल गर्योा। घरेलु कोर्टमा नेपालले दक्षिण एसियाको बलियो टोली श्रीलंकालाई हराउँदै प्रथम आमन्त्रित भलिबल च्याम्पिनयसिपमा रजत पदक जितेको थियो।

जुन पदक नेपालको भलिबलमा अहिले सम्मकै सर्वाधिक ठुलो उपलब्धी हो। नेपाललाई ऐतिहासिक पदक दिलाउनमा थुप्रै खेलाडीको योगदान छ। सफलता दिलाउने मध्येकी एक हुन स्पाइकर सरस्वती चौधरी। केहि वर्ष अघि साह्रै सुस्ताएको भलिबलमा सरस्वती जस्ता प्रतिभाशाली खेलाडीलेा यसको प्रतिष्ठालाई बढाइरहेका छन्। कैलालीको प्रगती टोलकी सरस्वतीको भलिबल करियर पोखराबाट सुरु भयो। अहिले विभागीय टोली एपिएफबाट सफलता बटुलिरहेकी छिन।

उनी नेपाली टोलीको पहिलो रोजाईकी खेलाडी हुन्। उनको प्रर्दशनले नतिजामा प्रभाव पार्ने गर्छ। अहिले पहिलो रोजाईकी खेलाडीमा दरिएकी सरस्वतीको खेल क्षेत्रमा प्रवेस भने ‘वैकल्पिक’ खेलाडीका रुपमा भएको हो।

आठ वर्ष अघि धनगढीमा सुदुरपश्चिम महिला टोलीले गणतान्त्रिक खेलकुदको तयारी गरिरहेको थियो। प्रशिक्षक विष्णु चौधरीले पश्चिमेली टोलीलाई प्रशिक्षण गराईरहेका थिए। प्रतियोगिता नजिकिदै गर्दा पनि पश्चिमको टोलीमा खेलाडी नै पुगेको थिएन।

खेलाडी नपुगेपछि प्रशिक्षक विष्णुले साथीकी बहिनी सरस्वतीलाई बैकल्पिकलाई प्रशिक्षणमा बोलाए। गणतान्त्रिक भलिबल खेल्दा आउँदा सरस्वतीसँग एकहप्ते प्रशिक्षणको अनुभव र वैकल्पिक खेलाडीको हैसियत थियो।

जावलाखेलमा भएको गणतान्त्रिक भलिबलमा पश्चिम टोलीको नतिजा राम्रो भएन। तर सरस्वती चौधरीका निम्ति त्यहि जावलाखेल मैदान ‘टर्निङ प्वाइन्ट’ भइदियो। पश्चिमाञ्चलले सुदुरपश्चिमलाई सुरुवातको दुई सेटमा हराइ सकेको थियो। अन्तिम सेट जित्न पश्चिमाञ्चललाई १ अंक आवश्यक थियो। त्यतिबेला प्रशिक्षक विष्णुले नयाँ खेलाडीलाई मौका दिने सोच बनाएर सरस्वतीलाई कोर्टमा पठाए। कोर्टमा प्रवेश गर्ने बित्तिकै बिपक्षी खेलाडीको स्पाईक आफुतिर आएपछि टाउँको निहुराएर जोगिएको सरस्वती सम्झन्छिन्। त्यो स्पाइकसँगै खेल सकिएपनि सरस्वती दौडेर बल लिन कोर्ट बाहिर गईन। सरस्वती बल लिन गएको देखेर जावलाखेलमा उपस्थित भएका केहि दर्शक समेत हासेका थिए।

सरस्वती भन्छिन्,’त्यतिबेला खेल भन्ने थाहा भएन। धनगढीमा खेल्दा आफुतिरबाट बाहिर गएको बल दौडेर ल्याउनु पथ्यौं। त्यहि भएर बल लिन दौडिएँ।’ अग्लो कदकी सरस्वतीले त्यतिबेलै पश्चिमाञ्चल प्रशिक्षक बलराम क्षेत्रीको ध्यान तानिन्।

‘उसको उचाईका कारण मैले फिस्टेलबाट खेल्ने प्रस्ताव राखेको थिएँ। महिला भलिबलमा उचाई भएका खेलाडी पाउनै मुश्किल छ। उचाई भए फिजिकल फिटनेस र स्किल त प्रशिक्षणबाट सुधार गर्न सकिन्छ,’ प्रशिक्षक बलरामले भने,’फिस्टेलमा हुदाँ गरेको मेहनतकै कारण सरस्वती यो स्थान हासिल गरेकी हुन्। उनमा अझै राम्रो गर्नेे क्षमता छ।’

जावखेलमा भलिबल भैरहेको बेला बलराम पश्चिमाञ्चलको प्रशिक्षका थिए। त्यतिबेला उनी फिस्टेलमा प्रशिक्षण गराउथे।

खेल सकिएपछि बलरामले सरस्वतीलाई फिस्टेल एकेडेमीबाट खेल्ने प्रस्ताव राखे। सरस्वतीलाई त्यतिबेला सम्म भलिबल खेल्न सक्नेलाई स्कुलले छात्रवृत्ति दिन्छ भन्ने थाहा थिएन। ‘पोखरा सुन्दर शहर छ भन्ने थाहा पाएको थिएँ। बलराम गुरुले प्रस्ताव राखेपछि सुरुमा भलिबल खेल्ने भन्दा पनि पोखरा घुम्न पाइन्छ भन्ने कुराले खुसी भएँ,’ सरस्वती सम्झन्छिन्।

गणतान्त्रिक भलिबल खेलेर फर्किएको एक महिनामै उनी खेल्ने र पढने गरि फिस्टेल एकेडेमीमा आइन्। एक्ली छोरीलाई भलिबल खेल्न पोखरा पठाउने कुरामा सरस्वतीका आमा वेल्सीदेवी सहमत थिईनन्। बाबु शुक्रराजले छोरीको भविष्य बुझेर श्रीमतीलाई मनाए।

फिस्टेल आएपछि पोखराको भलिबलमय वातावरणले सरस्वतीलाई प्रशिक्षणमा जोस भरिदियो। प्रिन्सिपल अन्जु रानाभाट, चिनु रानाभाट, टिम ब्यवस्थापक राजा मुखियाले सरस्वतीको उत्साहमा हौसला थपे।

फिस्टेल परिवार नै भलिबल प्रेमी छ। पोखराको भलिबलमा लोकप्रियतालाई बढाउन फिस्टेल र ज्ञानुबाबा स्कुलको महत्वपूर्ण योगदान छ। त्यतिबेला फिस्टेल टोलीबाट राष्ट्रिय टोलीकी चर्चित स्पाइकर सिपोरा गुरुङ, देवी खाड, सन्जु मगर, कमला पौडेलजस्ता खेलाडी खेल्थे। पोखरेली घरेलु प्रतियोगितामा ज्ञानुबाबा र फिस्टेलबिच कडा प्रतिस्पर्धा हुने गर्थ्यो।

त्यतिबेलाकी चर्चित स्पाइकर सिपोराको स्पाइक र प्रशिक्षक बलरामको प्रशिक्षणबाट धेरै कुरा सिकेको उनी बताउँछिन्। भन्छिन्,’पोखरामा पनि मलाई राम्ररी खेल्न आउँदैनथ्यो। सिपोरा दिदीको स्पाइक हेर्दै, गुरुको प्रशिक्षणलाई मनन गर्दै ब्लकरका रुपमा विस्तारै आफ्नो भूमिका बिस्तार गरें,’ उनी भन्छिन्। प्रशिक्षणले उनलाई नेतृत्व विकासको मौका दियो। टोलीका मुख्य खेलाडी घाइते भएका बेला सरस्वतीको नेतृत्वमा फिस्टेलले ढोरपाटन भलिबल प्रतियोगिता खेल्यो। त्यहि ढोरपाटनमा सरस्वतीले उदयमान खेलाडीका रुपमा स्कुटर पुरस्कार पाइन्।

घाइते भएर फिस्टेलका सिपोरा, देवी र रन्जनाले खेल्न छोडे। फिस्टेलको भलिबल टोली नै भएन। त्यतिबेला सरस्वतीलाई केहि अप्ठयरो निर्णय लिनु पर्योे। दुई वर्ष अघि पोखराबाट एपिएफमा आउने निर्णय गरिन्। सरस्वती क्लबमा आएकै वर्ष एपिएफले आधा दर्जन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी जित्यो। सफलतामा सरस्वतीको भूमिका अब्बल थियो। यही भूमिकाका कारण २०७१ सालको पल्सर स्पोर्टस अवार्ड अन्तर्गत लोकप्रिय वर्ष खेलाडीको मनोनयनमा परिन्। दर्शकको एसएमएस मतका आधारमा चुनिने विधामा सरस्वतीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र युवा फुटबलर बिमल घर्तीमगरजस्ता खेलाडीलाई समेत उछिन्दै मोटरसाइकल पुरस्कार जितिन्। त्यसको एक वर्ष पछि सशस्त्र प्रहरीले गरेको भलिबलमा सरस्वती उत्कृष्ट खेलाडी बन्दै स्कुटरको हकदार बनिन।

राष्ट्रिय टोलीमा सरस्वती अग्ली खेलाडीमा पर्छिन। उनको उचाई ५ फिट ११ इन्च छ। १९ वर्षे सरस्वतीले सफलताको सिंढी चढिरहेकी छिन्। उनको खेलबाट प्रभावित हुने थुप्रै नेपाली दर्शक छन्। आफ्नो सफलतामा मेहनत र उचाईको हात देख्छिन् उनी।

कमल खत्री/नागरकि दैनिकबाट साभार

One thought on “सफल सरस्वती

Leave a Reply

Your email address will not be published. Required fields are marked *