गंगाले थाकस पदाधिकारीलाई ‘झोला बोकुवा’ भनेपछि लेखी आक्रोशित

Rajkumar Lekhi VS Ganga Tharu

सहिद दिवसको भोलिपल्ट थारु कल्याणकारिणी सभाले ‘सहिद स्मरण समारोह’नामक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस)का केही पदाधिकारी, थारु संघसंस्थाका पदाधिकारी, थारु सभासद् तथा जनजाति सभासद्/अगुवा उपस्थित थिए। कार्यक्रममा वक्ताहरुले सहिदलाई भन्दा पनि आदिवासी जनाजतिका मुद्दाबारे बहस गरिरहेका थिए।

कार्यक्रममा आदिवासी जनजाति नेता ज्योति दनुवार र महासंघका महासचिव पेम्बा भोटेले आदिवासी जनाजतिका मुद्दामा केन्द्रीत भएर सम्बोधन गरिरहेका थिए। त्यसपछि आएका थारु सभासद् गंगा चौधरीले यो कार्यक्रम आदिवासी जनजातिको मुद्दाबारे सबाल जवाफ गर्ने नभएको बताइन्। त्यतिमात्र हैन, उनले थाकसलाई नाबालक संज्ञा दिँदै भनिन्, ‘थाकसले के गरिरहेको छ, के गर्न खोजिरहेको छ। कसैले बुझ्न सकेको छैन। थाकसको चाला नाबालकले गर्ने हरकतजस्तै लाग्न थालेको छ।

उनले थारु कल्याणकारिणी सभालाई कुनै पार्टीको भातृसंगठन बनाउन नमिल्ने बताइन्। ‘थारु कल्याणकारिणी सभाका पदाधिकारीहरु अन्य पार्टीका झोला बोकुवा सावित भइरहेका छन्,’ उनले भनिन्, ‘थाकस विशुद्ध थारुहरुको छाता संगठन भएकाले यसलाई कुनै पार्टीको भातृसंगठन बनाउन मिल्दैन।’

उनले पहिचान स्थापित गराउन थारु एक्लैले आन्दोलन गर्न नसक्ने बताउँदै मुद्दा मिल्ने जातिहरुसँग मिलेर आन्दोलन गर्नुपर्ने बताइन्। ‘ थारुहरु एल्लैले आन्दोलन गरेर सम्भव छैन। मुद्दा मिल्ने सबै जाति, वर्गसँग मिलेर आन्दोलन गर्नुपर्छ। थारुहरुको साझा संगठन भएकाले थाकसलाई अझै मजबुत बनाउनतिर लाग्नुपर्छ,’ गंगाले भनिन्।

उनले थारु सहिदतहरु २०६५ सालमै सहादत प्राप्त गरेपनि थाकसले बल्ल आएर दियो बालेको आक्रोश पोखिन्। त्यतिमात्र हैन, तत्काली महामन्त्री राजकुमार लेखी सहिद परिवारलाई नानाथरीका वाचा दिए पनि पूरा नगरेको बताइन्। ‘सहिद परिवारका छोराछोरीलाई निशुल्क पढाउने, रोजगारीको व्यवस्था गर्ने वाचा राजकुमार लेखीले गरेका थिए। तर किन ती वाचा पूरा गरिएन,’ गंगाको प्रश्न थियो।

गंगाको मन्तव्यप्रति आक्रोशित हुँदै लेखीले थाकस एउटा समाजिक संस्था भएको स्पष्ट पारे। उनले समाजिक संस्थामा जोकोही पनि आएर काम गर्नसक्ने भएको बताउँदै हल्ला नगर्न आग्रह गरे। उनले थाकसलाई अगाडि बढाउने योजना कोहीसँग भए आफूहरु साथ दिन तयार रहेको बताए। तर उल्टै आलोचना गरेर हिँड्नु राम्रो होइन। ‘देशकै पुरानो संस्थामा काम गरेको २५-३० वर्ष पुग्यो। सबै आ-आफ्नो पेसामा आबद्ध छन्। तर यत्रो वर्षदेखि म थाकसमा निस्वार्थ भावना बोकेर काम गरिरहेको छु। तर थाकस यस्तो, लेखी उस्तो भनेर चिच्याउनुभन्दा काम गरेर देखाउनुस्।’

उनले थारु विद्यार्थी समाजले पछिल्लोपटक गर्दै आएको कामप्रति रुष्ट हुँदै भने, ‘यत्रो वर्ष इतिहास बोकेको थारु विद्यार्थी समाज आज विघटन गरिएको छ। विद्यार्थी समाजलाई गल्ली गल्लीमा खोज्दा पनि भेटिने अवस्था छैन। तर तिनै विद्यार्थीहरुले यस्तो उस्तो भनेर उफ्रिँदैछन्। उफ्रिनुभन्दा पहिले काम गरेर देखाउनुस्।’

कार्यक्रममा सभासद् रुक्मिनी चौधरीले पहिलोपटक कार्यक्रम आयोजना गर्दा त्रुटि हुने भन्दै यसलाई सकारात्मकरुपमा लिनुपर्ने बताइन्।

अडियो सुन्नुस्: Ganga Tharu_CA Member

कार्यक्रमका तस्बिर हेर्नुस् 

थारु सहिदलाई यसरी सम्झिए थारु नेताहरु

Leave a Reply

Your email address will not be published.