थारु विद्यार्थी समाजको समर्थन पद्म‍रत्‍न तुलाधरलाई

Tharu Student Socity, 6th Convention-5

थारु विद्यार्थी समाजले पद्मएरत्नह तुलाधरको मोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ। पद्मरत्नु तुलाधरको मोर्चाले पहिचानसहितको संघीयताको पक्षमा वकालत गर्दै आएकाले उनको मोर्चालाई समर्थन गर्ने निर्णय गरेको हो। राजधानीको थारु भिलेजमा बसेको केन्द्रीय तहको बैठकले सो निर्णय गरेको हो। बैठकले मंगलबार हुने नेपाल बन्दको समर्थन पनि गरेको छ।

बैठकले समग्र तराई थरुहट प्रदेश हुनुपर्ने अडान राखेको छ। ‘तराईमा दुई प्रदेश, मधेर प्रदेश, कांग्रेस एमालेको उतर दक्षिण पर्ने गर्नेगरी बनाइएको सात प्रदेश र थारु कल्याणकारिणी सभाकै बहुप्रदेशको अवधारणा हामीलाई कुनै हालतमा स्विकार्य छैन। तराईमा समग्र थरुहट प्रदेश हुनुपर्छ,’ बैठकमा सहभागी एक विद्यार्थी नेताले भने।

हाल विवादमा आएको पूर्वका झापा, मोरङ, सुनसरी, चितवन र पश्चिममा कैलाली, कञ्चनपुरलाई पनि थरुहट प्रदेशबाट अलग्याउन नहुने बैठकले निर्णय गरेको छ। अरु प्रदेशमा मिसाइए कडा प्रतिकार गर्ने निर्णय विद्यार्थी समाजले गरेको छ। बैठकले भित्रि तराईको चितवन, उदयपुरको त्रियुगा उपत्यका र दाङ उपत्यकाका कुनै पनि भागलाई टुक्राएर पहाडसँग मिसाउन नहुने अडान राखेको छ।

थाकसलाई बाइकट

थारु कल्याणकारिणी सभाले वकालत गर्दै आएको बहुप्रदेशको अवधारणालाई थारु विद्यार्थी समाजले बहिस्कार गर्ने भएको छ। थाकस आफ्नो अवधारणामा आफैं स्पष्ट नभएको बताउँदै तुलाधरको मोर्चालई समर्थन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सहभागीले बताए। लेखीले थाकसलाई एक्लौटी ढंगले चलाउँदै आएकाले पनि यस्तो निर्णय गर्नुपरेको ती सहभागीले बताए। ‘राजकुमार लेखीकले बहुप्रदेशको अवधारणा त ल्यायो। तर कति प्रदेश हो। कुन प्रदेशको सीमांकन/नामांकन कसरी गर्ने हो। यस विषयमा आफैं स्पष्ट छैनन्। न धनिराम चौधरी स्पष्ट छन्, न थाकस नै। अनि कसरी उहाँहरुलाई समर्थन गर्न सकिन्छ,’ ती सहभागीले प्रश्‍न गरे।

Leave a Reply

Your email address will not be published.