तीन र पाँच गतेको बन्द फिर्ता

तीस दलीय मोर्चाले आह्वान गरेको माघ ५ गतेको नेपाल बन्द र नेकपा–माओवादीले आह्वान गरेको माघ ३ गतेको नेपाल बन्द फिर्ता भएका छन‍्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरबीच बुधबार भएको छलफलमा ३ र ५ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय भएको हो।

‘पाँच गतेका लागि ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्द फिर्ता भएको छ’, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव चुडामणि खड्काले नागरिकन्युजसँग भने। उनले पुस ६ गते एकीकृत रुपमा बन्द आह्वान गरिने जानकारी दिए।

बन्दबाट भड्किएका जनताको साथ लिएर सत्ता पक्षले राजनीति गर्न खोजेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा बन्दको आह्वान गर्ने निर्णय भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published.