रुपन्देहीको मुर्गियामा खिचडी महोत्सव

कमला चौधरी, बुटवल- हरेक वर्षझैँ यसवर्ष पनि थारु कल्याणकारिणी सभा पर्रोहा गाउँ कमिटिको आयोजनामा खिचडी महोत्सव २०७१ सुरु भएको छ। रुपन्देहीको मुर्गियामा हुने महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले गरेका छन्।

महोत्सवको पहिलो दिन खेलकुद कार्यक्रम राखिएको छ। दोस्रो दिन विविध सांस्कृतिक झांकी प्रदर्शनको कार्यक्रम रहने महोसव मूल आयोजक कमिटीका संयोजक तथा थाकस पर्रोहा गाउँ कमिटिका अध्यक्ष दुलबहादुर थारुले बताए।

खेलकुदमा थारु खेलकुद महिला हण्डीफोड प्रतियोगिता, टिकुली रेस, कुर्सी दौड, घोङी रेस, स्थानीय थारु नृत्य आयोजना गरिएको थियो।

दोस्रो दिनको कार्यक्रममा थाकस गाउँ कमिटिका १६ बटा टोलबाट झाकीसहितको भेषभुषा प्रदर्शन गर्ने पनि उनले बताए। कार्यक्रममा थारु परिकारहरु ढिकरी,गाभाको पकौडा (पतुसनी), गंगटाको तरकारी, अन्दीको भुजा, खेचुही (कछुवाको मासु) सुंगुरको मासु, मुसाको मासु, महुवाको दारुलगायतका खानाका परिकारहरु स्टलमा व्यवसायिकरुपमा बिक्री वितरणका लागि राखिने आयोजकले बताएको छ।

दुई दिनको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय थारु कलाकारको प्रस्तुति रहनेछ। थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेको माघी पर्व यो साल पनि भव्यताका साथ तराईका जिल्लाहरु मनाउन सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published.