थारु पहिरनमा यसरी सजिइन् रेखा थापा

Rekha Thapa in Tharu Dresss-3

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। नेपाली फिल्मका नियमित दर्शकलाई अवगत होला, अघिल्लो फिल्म ‘हिम्मतवाली’मा रेखा थापा पश्चिम क्षेत्रको थारु महिलाको पहिरनमा नाचेकी थिइन्।

Rekha Thapa in Tharu Dresss-6

त्यसैगरी फिल्म ‘रावण’मा धिमाल जातिको पहिरन लगाएकी थिइन् भने फिल्म ‘काली’का केही दृश्यमा मधेसी महिलाका रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन्। नेपाली सांस्कृतिक पहिरनमा असाध्यै रुचि राख्ने बताउँछिन् उनी। तर, अघिल्ला चरणमा अरूका अनुसार आफू देखिने बाध्यताका कारण त्यस्तो गर्न नसकेको बताइन्। ‘त्यसैले पछिल्ला फिल्ममा कहीँ न कहीँ मौलिक पहिरन घुसाएकी छु,’ उनले भनिन्।

Rekha Thapa in Tharu Dresss-5

थारु जातिको ठूलो पर्व माघीमा रेखाले सोही जातिका महिलाको पहिरनमा आफूलाई प्रस्तुत गरेकी छिन्। विभिन्न संस्कृतिलाई समेट्ने शुक्रवार साप्ताहिकको अभियानमा यसपल्ट रेखाले सहकार्य गरेकी हुन्। ‘यसपटक मलाई अझै धेरै खुशी मिलेको छ,’ उनले भनिन्, ‘फिल्म ‘तथास्तु’ माघीको शुभकामनास्वरूप एक हप्ताअघि नै रिलिज गर्दैछु।’

Rekha Thapa in Tharu Dresss-4

Rekha Thapa in Tharu Dresss-2

Rekha Thapa in Tharu Dresss-1

 

(तस्बिर स्टुडियोका शिवलाल श्रेष्ठले यो तस्बिरका खिचेका हुन्। जसमा रञ्जु थापाको शृङ्गार छ।) तस्बिर सौजन्य : शुक्रबार साप्ताहिक

3 thoughts on “थारु पहिरनमा यसरी सजिइन् रेखा थापा

  1. नेपाली सिनेमा जगतका प्रख्यात नायिका रेखा थापालाई “मेठु से मेठु” धन्यवाद दिन चाहन्छु। कारण नं.-१) उहाँले थारु पहिरनलाई विश्व जगतमा प्रबर्धन गरि दिनु भयो। कारण नं.-२) उहाँले ती थारु समुदायका शिक्षित युवाहरु जो शिक्षित भएर पनि नजर फेरेर अन्धा भएका (थारु भेषभुषा बिर्सेका)लाई झापड दिनु भयो। कारण नं.-३) सामाजिक सदभाव (जातिय सदभाव) देखाउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *