सिके राउत फेरि पक्राउ, प्रहरी-राउत समर्थकबीच झडप

CK Raout

राज्य विप्लवको आरोप लागेका डा. सीके राउतलाई प्रहरीले शनिवार पुनः पक्राउ गरेको छ । देश टुक्राउन पाउनुपर्ने अभिब्यक्ति दिएर पटक पटक पक्राउ परेका राउतलाई कार्यक्रममा सहभागी हुन जाँदै गर्दा शनिवार मोरङ् प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यसअघि पनि राउतलाई मोरङको रंगेलीवाट पक्राउ गरेको थियो । सीके राउत संयोजक रहेको स्वतन्त्र मधेस गठवन्धनको कार्यक्रममा सहभागी हुन आउने क्रममा उनलाई कार्यक्रमस्थल नजिकैवाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनका सहयोगी मोरङ्ग कर्सियाका परमेश्वर मुर्मलाई पनि पक्राउ गरेको छ । उनी पूर्व निर्धारित आफ्नो कार्यक्रममा सम्वोधन गर्नका लागि जाँदै थिए । तर प्रहरीले उनलाई कार्यक्रमस्थल नै नपुग्दै नियन्त्रणमा लिएको हो ।

यद्यपी प्रशासनले भने उनले उत्तेेजक भाषण गरेकाले नियन्त्रणमा लिइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले राउतलाई नियन्त्रणमा लिएको पुष्टी गरेका छन् । कार्यक्रममा उत्तेेजक भाषण गरेपछि उनीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रजिअ कार्कीले बताए ।

पक्राउ गरिएका राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङ्गमा राखिएको छ । प्रहरीले साउतलाई पक्राउ गरेपछि उनले सम्बोधन गर्ने भनिएको कार्यक्रम पनि बिथोलेको छ ।

 

कार्यक्रम विथोल्न खोज्दा झडप

प्रहरीले विराटनगरस्थित डिग्री क्याम्पसको खेल मैदानमा गर्ने लागिएको कार्यक्रम विथोलेको छ । प्रहरीले कार्यक्रम विथोल्न खोल्दा झडप समेत भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ । झडपमा परी केही प्रहरीसमेत घाइते भएका छन् ।

डा.राउत कार्यक्रमस्थल नपुग्दै प्रहरीले कार्यक्रमको व्यानर समेत खोसेको थियो । कार्यक्रम हुने तय भएपछि कार्यक्रमस्थलमा विहानैवाट व्यापकरुपमा प्रहरी तैनाथ गरिएको थियो ।

कार्यक्रमस्थलमा सशस्त्र प्रहरीका निरिक्षकको कमाण्डमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो । देश टुक्राउन पाउनुपर्ने अभिव्यक्ति दिँदै आएका गठवन्धनका संयोजक राउत यसअघि दुई पटक गिरफतारीमा परिसकेका छन । प्रहरीले शुक्रवार साँझ विराटनगरवाट कार्यक्रमको प्रचारप्रसारमा रहेका राउतका केही कार्यकर्तालाई पनि पक्राउ गरेको थियो ।

मधेसवाट नेपाललाई अलग गराउनु पर्ने भाषण गर्दै हिडेको भन्दै स्थानीय प्रशासनले राउतको कार्यक्रममाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published.