जयप्रकाश गुप्ताले दुई साताअघि थारु नेताहरुलाई केही प्रश्नु तेर्स्याएका थिए। थारु नेता विजयकुमार गच्छदार, राजकुमार लेखी र गोपाल दहितलाई गुप्ताले तीन प्रश्नह तर्स्याएका थिए (गुप्ताको प्रश्न पढ्नुस्)। सोही उत्तारको जवाफ थारु नेता राजकुमार लेखीले दिएका छन्। उनले तराईमा सबै जातीय समुदायले आ-आफ्नो ढंगले समस्या र पीडा भोगेको बताउँदै थारु र मधेसीका समस्या एउटै नभएको बताए। उनले भनेका छन्- ‘मधेसी समुदायले भोगेको समस्या नै सबैको समस्या हो र थारुको समस्या पनि त्यही हो भन्ने मान्यतामा म कदापि सहमत छैन।’
पूरा पढ्नुस्
राजकुमार लेखी– तराईको समस्या जातीय, भाषिक क्षेत्रीय सबै हो र यसको सर्वाधिक पीडा थारुसहितका आदिवासी जनजाति समुदायले भोगिरहेको छ। समस्यालाई भ्रमपूर्ण ढंगले सामूहिकीकरण या सामान्यीकरण गर्ने षड्यन्त्रमूलक प्रवृत्ति अगाडि सारेर थारु समुदायलाई राज्य पुनर्संरचनाको बहसमा अलमलमा पार्न खोजिएको अर्को तथ्य नबिर्सौं।
तराईमा सबै जातीय समुदायले आ-आफ्नो ढंगले समस्या र पीडा भोगेका छन् र सबैका समस्या एकै प्रकारका छैनन्। मधेसी समुदायले भोगेको समस्या नै सबैको समस्या हो र थारुको समस्या पनि त्यही हो भन्ने मान्यतामा म कदापि सहमत छैन।
तराईमा मधेसी समुदाय र थारु समुदायले भोगेका समस्या फरक छन्। मधेसीका समस्या अगाडि ल्याएर थारुका समस्यालाई गौण बनाउने, पहाडी आदिवासीका समस्यालाई अगाडि ल्याएर तराईका आदिवासीले भोगेका समस्यालाई गौण बनाउने या ढाकछोप गर्ने प्रवृत्तिसँग कुनै हालतमा सहमत हुन सकिन्न।
राज्यपुनर्संरचनामा सबै जाति, क्षेत्र, भाषा र संस्कृतिलाई एउटै मापदण्डले सम्बोधन गर्न सकिन्न। लिम्बूलाई लिम्बूवान जुन तरिकाले चाहिन्छ, थारुलाई थरुहट फरक तरिकाले चाहिन्छ। राज्यपुनसंरचनामा दलितलाई जसरी सम्बोधन गर्नुपर्ने हुन्छ, अरु समुदायलाई त्यसरी नै सम्बोधन गर्न सकिन्न। तपाई मधेसी नेताहरु सबैलाई एउटै मापदण्ड, खासगरी मधेसी दृष्टिकोणबाट सम्बोधन गरियोस् भन्ने चाहनुहुन्छ। त्यसो गर्दा थारु समुदायलाई अन्याय हुन्छ, राज्यपुनर्संरचनाको अर्थ हुँदैन।
थारु समुदाय मेचीदेखि महाकालीसम्म छरिएर रहेको छ र त्यहाँ यो समुदाय अल्पमतमा परिसकेको छ। ठूलो थरुहट प्रदेश बनाउँदा थारु समुदायले नामचाहिँ पाउँछ तर माम र काम पाउनेछैन। किनभने यो समुदाय थरुहट नामको प्रदेशमै अल्पमतमा हुन्छ। त्यसैले हामीले बहुप्रदेश भनेका हौं। बहुप्रदेशमा पनि थरुहट प्रदेश भनेका हौं। यो कुरा तपाईँहरुले बुझ्नुभएको छ तर पहाडी र मधेसी नेताहरुको स्वार्थ अनुकूल नहुने भएकाले नबुझे झैं गरेर हामीतिर प्रश्न तेर्साउनुहुन्छ।
बहुप्रदेशले थारु बाहूल्य प्रदेशहरुको सिर्जना हुन्छ र थारुहरुले नामका साथै काम र माम पनि पाउने अवस्था सिर्जना हुन्छ। तर तराईमा थोरै प्रदेश बनाउँदा कि मधेसी बाहूल्य हुन्छ कि पहाडी समुदायको बाहूल्य हुन्छ र थारुले नामबाहेक केही नपाउने स्थिति हुन्छ। यो कुरा बुझेरै पहाडी र मधेसी नेताहरु थोरै प्रदेश बनाउन एकढिका भएका हुन्। यो तथ्यलाई ढाकछोप गर्ने प्रयास नगर्नुहोला।
गुप्ताजी,
थारु यस्तो समुदाय हो जो पहाडी र मधेसी दुवै समुदायको चेपुवामा परेको छ। मधेसी समुदाय पहाडी समुदायको मात्र चेपुवामा परेको होला तर थारु दुवै समुदायबाट पीडित छ। तराईमा थारुको भाग मधेसी समुदायको पोल्टामा पर्छ, आदिवासी जनजातिका नाममा थारुको भाग पहाडी आदिवासी जनजातिको पोल्टामा पर्छ।
तराईलाई एउटै या दुईतीनवटा प्रदेश बनाउँदा थारुले नामबाहेक केही नपाउने स्थिति हुन्छ। घाम जतिकै छर्लङ्ग देखिने यो तथ्यलाई तपाईँहरुले कसै गरे पनि ढाकछोप गर्न सक्नुहुन्न।
फेसबुकमा हेर्नुस्:
लेखीजीको यहाँ अभिव्यक्त कुरा सही हो। तर तराईमा ल्याउने बहुप्रदेसको नामांकन र सिमांकन गर्न सकेका छैनन उहाँले अहिले सम्म। पहिला दृष्टिकोण (VISION) दिनुस् हामीलाई। अनि सबै थारु नेताहरुलाई एउटै अभिव्यक्ति दिन लाउनुस्। अस्ति भरखरै धनीराम चौधरीले कान्तिपुर टेलिभिजनमा प्रधानमन्त्री सुशील कोइराला समक्ष निरिह भएर अन्तरवार्ता दिएका थिए। उनले भनेका थिए कि थारुलाई राज्य होइन, अधिकार र पहिचान दिए पुग्छन्। यो पनि बोल्ने तरिका हो उसको? यस्तै हुने हो भने थारुहरुले थरुहटको ‘थ” पनि पाउन बेलना बेल्नु पर्छ।
ANI LEKHI JI,, TERAI LAI BAHU PRADESH BANAUDA KUN CHAHI PRADESH MA THARU BAHUMAT MA HUNCHHAN RA TYAHA THARU KO GOV. BANCHH?
आदरणीय राजकुमार ज्यु,
जेपी जस्तो गन्हाउने मान्छे ले सोधेकै भर मा तपाई जस्तो यो देश इमान्दार सपुत ले उत्तर दिई हाल्नु जरुरि देख्दिन !आदरणीय लेखि ज्यु , जेपी र जेपी मार्का का छुट भैया नेता हरु को दाउ तपाई हरु ले थाहा पाइहाल्नु भएको होला ! थारु – अवधि र तराई का अन्य जात जाति माथि भासिक – राजनैतिक र आर्थिक अत्याचार त गरिरहे अब पहिचान मै अत्याचार मात्रै होइन बलात्कार गरेर तराई मा बस्ने सम्पूर्ण जनजाति आदिबासी हरु लाइ मधेसी मा परिणत गराए ! यदि यिनी हरु इमान्दार हुन्थ्ये भने अरु को पहिचान मेटाएर आफु मोटाउने बेइमानी गर्थे ? कहिले अलग देश को राग अलप्छान कहिले स्वायत्त सासन को नाम दिन्छन ! यी रंग बदल गिर्गिट हरु हुन् ! उनीहरु ले अलाप्ने गरेको राग मधेसी फोरम या सद्भावना पार्टी येस्ता अनगीनत मधेसी पार्टी हरु मा थारु हरु कति नेतृत्व मा छन् ? थारु हरु लाइ कति प्रतिसत प्रतिनिधित्व गराएका छन् ? या कुन कुन पार्टी का थारु समुदाय को व्यक्ति लाइ अध्यक्ष बनाएका छन् ? यो त भयो राजनैतिक मोर्चा मा !! अब कुरा गरोउ ब्युरोक्रेसी मोर्चा मा ! थारु लाइ मधेसी बनाएपछि राज्य बाट आरछित कोटा मा थारु लगाएत अवधि अनि तराइ का अरु जात जाति हरु कति राज्य को ब्युरोक्रेसी मा सम्मिलित हुन पाए त ? अहिले बिगत को तथ्यांक हेर्दा थारु – अवधि र अन्य तराइ मूल का जात जाति हरु ब्युरोक्रेसी मा नगन्य (नाम मात्र को) छन् जबकि ९८.८ % केवल ४ जिल्ला का झा – यादब – साह(तेली) र मण्डल हरु ले मात्र पाई रहेका छन् !
आज सिक्ष्या कार्यालय जानु कि त झा भेटिन्छ कि तेली भेटिन्छ, नापी, बन, स्वास्थ्य, बिद्यालय जस्ता राज्य का हरेक कार्यालय मा हाम्रो अस्तित्व लाइ – हाम्रो पहिचान लाइ बलात्कार गरेर हाम्रै सन्तान ले पाउने रोजगारी उनीहरु ले लुटी रहेका छन् !
भौगोलिक मोर्चा मा :
तराई का भूमिपुत्र आदिबासी थारु समुदाय जो इतिहास को गर्भ देखि अहिले सम्म अनबरत रुप मा आफ्नो भौगोलिक सिमा लाइ अघोसित सैनिक बनेर आफ्नो मातृत्वको को सेवा गरिरहेको छ ! हिजो तराई का घनघोर जंगल मा त्यो बेला को ओउलो जस्तो महामारी संग लडेर बाझो भुमि लाइ आवाद बनाइ तराई लाइ अन्न को भण्डार बनाउने – आफ्नै गौरब साली इतिहास भएको अत्यन्त इमान्दार समुदाय हो ! थारु जाति ले बगाउने हरेक थोपो पसिना जसले मातृभूमि लाइ सिंचित गरिरहेको हुन्छ ! त्यो कर्मठ जाति कसरि देश तोड्ने र अरु को पहिचान लाइ बलात्कार गर्दै हिड्ने मधेसी हरु को समग्र मधेस एक प्रदेश को बाटो मा हिड्ला र समग्र प्रदेश भारत कि नई प्रदेश बनाउला भन्ने दिवा सपना देख्छन यी छुट भैया मधेसी नेता हरु ले !!!
र लास्ट मा आदरणीय देश भक्त सपुत राजकुमार लेखि ज्यु कै सब्द मा के भन्न चाहन्छु भने ” तराइ के मधेसी हरु को बाउ को बिर्ता हो र ?”
यो राज कुमार लेखी को लेख अती नै गन्हौने खाले छ।थारुहरु पनि त मधेशी नै हुन्।यो चाँही कुन पहाडीय को सन्तान हुन र। पहाडीया ले थारु लाई पनि भाईया भनेर सम्बोधन गर्छन्। लेखी को यो कुरा मात्र राज्नित्क मात्र हो। भोट् बैंक को लगो मात्र यस्तो बकवस कुरा गर्छन् यी लेखी पखन्दी ले।सब भन्दा के कुर हेर्नु पर्छ कि जहाँ थारु को भुमी(दाङ,बाके,bardiyaa,kailali,kanchanpur) थियो त्यहा अहिले पहाडीया ले मोज मस्ती गरिरहेछ। यहाँ क थारुलाई जोतहा,मुक्त कमैया बनाउने को त मधेशी कि पहाडीया ki thaaru आँफै?टर जहाँ मधेशी सँग छ त्यहा का थारु अहिले पनि सुखी सम्पन्न छ ? यस्को कारण के होला? यी सबै थारु भाईया हरु ले बुझनु जरुरी छ।