छात्रवृत्ति व्यवस्थापन निर्देशिका मुक्त कमलरीले च्याते

mukta Kamalari-1

शिक्षा मन्त्रालयले मुक्त कमलरीको शिक्षा र बसोबासमा उपलब्ध गराउँदै आएको सहयोग घटाएपछि उनीहरू समस्यामा परेका छन्। मन्त्रालयको सहयोगमा कटौती भएपछि बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका होस्टेलमा बस्दै आएका चार सय मुक्त कमलरी प्रत्यक्ष मारमा परेका छन्।

होस्टेलमा बसेर ल्याव असिस्टेन्ट अध्ययन गरिरहेकी मुक्त कमलरी सरस्वती कुमालले ६ महिनादेखि बजेट रोकिँदा अधारोमा खाना खानु परेको गुनासो गरिन्। कतिपय होस्टेलले रकम अभावले घर भाडासमेत तिर्न नसकेको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष दिलकुमारी चौधरीले बताइन्।

मन्त्रालयले एउटा होस्टेललाई वार्षिक एक लाख ८९ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा ६ महिनायता बाँकेमा कुनै रकम नपठाएको र अन्य जिल्लामा बजेट कटौती गरेको चौधरीले बताइन्। बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी मुक्त कमलरीहरूले सरकारले तयार गरेको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिकालाई च्याते।

२०७० साल जेठ २४ गते मुक्त कमलरीसँग तत्कालीन शिक्षा मन्त्रीले उपलब्ध हुँदै आइरहेको सहयोग वृद्धि गर्ने लगायत १० बुँदे सहमति गरे पनि २ वटाबाहेक कुनै पनि सहमति पालना नभएको उनीहरूको भनाइ छ।

mukta Kamalari-2

‘शिक्षा मन्त्रालयले तयार गरेको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिकामा पनि मुक्त कमलरीले शिक्षाका लागि पाउँदै आएको रकममा वृद्धि गरिएन,’ चौधरीले भनिन्। हाल मुक्त कमलरीले शिक्षा कार्यालयमार्फत् वर्षको कक्षा १-८ सम्म एक हजार पाँच सय, कक्षा ८-१० सम्म एक हजार आठ सय, कक्षा ११-१२ मा अध्ययन गर्नेलाई ५ हजार र स्नातक अध्ययन गर्नेलाई १० हजार रकम उपलब्ध गराउँदै आएको छ।

मुक्त कमलरीहरूले उक्त रकम वृद्धि गर्नसमेत माग गरेका छन्। यसअघि शिक्षा मन्त्रालयलसँग भएका सम्झौता कार्यान्वयन लगायतको माग गर्दै बिहीबार मुक्त कमलरीहरू जिल्ला प्रशासन र शिक्षा कार्यालयमा ज्ञापनपत्र पनि बुझाए।

नागरिक पश्चिमेलीबाट

Leave a Reply

Your email address will not be published.