थाकसले गर्‍यो महत्वपूर्ण निर्णय, डण्डास्थित थारु संग्राहलय यथाशिघ्र बनाइने

Dhaniram Chaudhary

लुम्बिनी- थारु कल्याणकारिणी सभा (थाकस)को विशेष केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गरेको छ। गौतम बुद्धको जन्मथलो लुम्बिनीमा भोलिबाट सुरु हुने केन्द्रीय परिषद् बैठकको तयारीका रुपमा बसेको केन्द्रीय समिति बैठकले विधान संसोधनलगायतका निर्णयहरु गरेको छ।

सभाका अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले झापा महाधिवेशनमा हुन नसकेको विधान संसोधन प्रस्तावलाई पारित गरेको छ। सभाका केन्द्रीय सदस्य राजकुमार लेखीले त्यसका अलवा भोलिबाट सुरु हुने दुई दिने केन्द्रीय परिषद् बैठकमा छलफल हुने निर्णयहरु अनुमोदन गरेको बताए।

बैठकमा सभाका महासचिव आमिरी चौधरीले प्रगति विवरण प्रस्तुत गरेका थिए। महासचिवको प्रगति विवरणमा थारु छात्राबास व्यवस्थित गर्ने, गाउँ, नगरमा संगठन विस्तार गर्नेलगायतका प्रस्ताव समेटिएका छन्। उक्त प्रस्तावहरु बैठकले पारित गरेको छ।

थारु राष्ट्रिय संग्रहालयको पुनःनिर्माण गरिने
बैठकले नवलपरासीको डण्डास्थित थारु राष्ट्रिय संग्राहलयको पुनःनिर्माणका निम्ति इनर महतोको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। चितवन, नवलपरासी र रुपन्देहीका केन्द्रीय सदस्यहरुमा समितिमा छन्। समितिले संग्रहलयबारे अध्ययण/अनुसन्धान गरी सभाको अगामि बैठकमा प्रतिवेदन पेस गर्ने राजकुमार लेखीले बताए। केही वर्षअघि ब्रह्मण, क्षेत्री संगठनका कार्यकर्ताहरुले सो संग्रहालयमा आगजनी गरेका थिए। आगजनीमा १५ लाख बराबरको सम्पत्ति नस्ट भएको संग्राहलय ब्यवस्थापनले जनाएको थियो। सरकारले क्षतिपूर्ति नदिँदा पुनःनिर्माणको काम अझै हुन सकेको छैन।

भातृसंगठनबाट केन्द्रीय सदस्य
बैठकले थाकसका सबै भातृसंगठनलाई ‘भोटिङ राइट’को व्यवस्था गर्नुका साथै केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको छ। युवाहरुलाई लक्षित गरी यो व्यवस्था लागू गर्ने लेखीले बताए। अहिले थारु युवा सभा, थारु महिला सभा भातृ संगठनमा छन्। लेखीले थारु महिला समाज, थारु विद्यार्थी समाज, थारु पत्रकार संघलगायतलाई भातृ संगठनको प्रस्ताव गरिएको बताए।
त्यस्तै आजीवन सदस्यहरुबाट पनि भोटिङ राइटको व्यवस्था गरिएको छ। आजीवन सदस्यलाई एक भूगोल मानी दुई जनासम्मलाई भोटिङ राइटको व्यवस्था गर्ने लेखीले बताए।

कमलरी अभियानलाई तिब्र पारिने
बैठकले कमलरी अभियानलाई पनि निरन्तरता दिने निर्णय गरेको छ। लेखीका अनुसार विगतमा सरकासँग भएका सम्झौताहरु कार्यन्वयन गराउन दबाब दिने, उनीहरुको गास, बास, कपास तथा शिक्षा, स्वास्थ्यका निम्ति सरोकारवालाहरुसँग छलफल गर्ने निर्णय गरको बताए।

त्यस्तै बैठकले कोचिला संघर्ष समितिसँग मिलेर जाने निर्णय गरेको छ। पूर्वी नेपालमा रहेको उक्त संघर्ष समितिसँग अगामि दिन सहकार्य गर्दै जाने लेखीले बताए।

बैठकले चन्द्रकुमार चौधरी नेतृत्वको कार्यसमितिले अहिलेसम्म हिसाबकिताब नबुझाएको भन्दै समयमै हिसाब फर्छ्यौट गर्न निर्देशन दिने निर्णय गरेको छ। यथाशिघ्र हिसाब नदिए कानुनी कारबाहीसमेत गर्न सकिने बैठकले जनाएको छ।

धनिराम नेतृत्वको कार्यसमितिले हालसम्म गरेका सबै निर्णयलाई बैठकले पारित गरेको छ। परिषद् बैठकमा राजकुमार लेखी र इनर महतोले प्रस्तुत गर्ने कार्यपत्र पनि बैठकले अनुमोदन गरेको छ।

Leave a Reply

Your email address will not be published.