चितवनका थारुले भने- ‘चितवन टुक्र्याउन पाइँदैन’

Intraction at chitwan-2 

कारी महतो, चितवन- चितवनका थारु अगुवाहरुले कुनै पनि हालतमा चितवन जिल्लालाई राजधानीसँग जोड्न नहुने बताएका छन्। थारु कल्याणकारिणी सभा चितवनको आयोजनमा भएको एक दिने कार्यक्रममा उपपस्थित थारुलेहरुले कुनै पनि हालतमा चितवनलाई पहाडी जिल्लामा मिसाउन नहुने बताएका हुन्। उनीहरुले यसको विरोध गर्दै सात बुँदे निष्कर्षसमेत निकालेका छन्।
निष्कर्षहरु यसप्रकार छन्-
१. थरुहट तराईका जिल्लाहरुमध्ये दउन्ने पूर्वको नवलपरासीलाई गण्डकी प्रदेश र चितवन उपत्यकालाई वाग्मती प्रदेशमा राख्ने कांग्रेस एमालेको गठबन्धनद्वारा प्रस्तावित पहाड हिमालसँग जोड्ने प्रस्तावप्रति हाम्रो असहमति छ।

२. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २२ जिल्ला र उत्तरमा सुर्खेत, दाङ, नवलपरासी, चितवन, उदयपुर, सिन्धुलीको कमलामाई खोंच लगायतका भूभागसहित चुरेमहाभारत शृंखलादेखि दक्षिण्मा भारतीय सीमानासम्म थरुहट तराईका चारकिल्ला भएको ठहर गर्दछौं।

३. थरुहट स्वायत्त प्रदेश सुनिश्चित हुनुपर्दछ।

४. संघीय सभा, प्रदेश सभा र स्थानीय निकायको निर्वाचन जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचन हुनुपर्दछ।

५. राज्यको हरेक अंग निकाय र तहहरुमा आदिवासी थारुहरुको छुट्टै प्रतिनिधित्व सुनिश्चित हुने गरी जातीय जनसंख्याको आधारमा पूर्णसमानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्था हुनुपर्दछ।

६. नेपाल सरकार र थारु र थरुहट संघर्ष समितिहरुद्वारा विभिन्न मितिमा तीन पटक भएका पाँच बुँदे, छ बुँदे र दश बुँदे सम्झौताहरु अक्षरशः कार्यान्वयन गरी संवैधानिक सुनिश्चितता हुनुपर्दछ।

७. थारु र थरुहटका बारेमा नयाँ संविधानका अन्तरवस्तुका साथै राज्यका अग्रगामी पुनर्संरचनाबारे अभियान संचालन गर्ने निर्णय गरियो।

Intraction at chitwan-1
कार्यक्रमका प्रमुख अतिथि मनोज चौधरीले राज्यको अग्रगामी पुनर्संरचनामा चितवन र नवलपरासीका थारुहरुको आवाज बुलन्द गर्न सम्पूर्ण थारुहरु एकजुट हुनुपर्ने बताए।

कार्यक्रममा थारु गैरसरकारी संस्था चितवन, थारु विद्यार्थी समाज चितवन एवं थारु पत्रकार संघ चितवनले सहयोग गरेको थियो।

‘राज्यको अग्रगामी पुनर्संरचनामा चितवन र नवलपरासी जिल्ला एवं थारु र थरुहट’ विषयक भरतपुरमा आयोजित एकदिने अन्तर्क्रिया कार्यक्रममा विश्राम महतोको सभापतित्व र ओएसिस मेडिकल कलेजका संस्थापक तथा सञ्चालक मनोज चौधरीको प्रमुख आतिथ्य तथा थारु कल्याणकारिणी सभाका निवर्तमान उपाध्यक्ष भजुमनराम महतो एवं नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदम गुरुङ्ग विशिष्ट अतिथि रहेका थिए।

अन्तरक्रियामा चितवन र नवलपरासी जिल्लाका थारु बुद्धिजीवी, समाजसेवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार र महिला सर्वसाधारण गरी ५४ जना अगुवा थारुहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published.