थारु फिल्म ‘आइ लभ यू’ रिलिज हुँदै

Tharu Movie I love You

सतिश सिन्हाले निर्देशन गरेको थारू भाषाको चलचित्र ‘आई लभ यू’ चाँडै नै रिलिज हुँदैछ। सिएस फिलिमस् प्रालिको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रको छायाङ्कन सकिएको छ। चलचित्रमा नृत्य भीम अधिकारीको छ। द्वन्द्व राजुको तथा छायाङ्कन र सम्पादन निर्देशक सिन्हा आफैंले गरेका छन्। श्रृङ्गारको काम सुमन शंकरले गरेका छन्।
चलचित्रमा नायकको भूमिकामा प्रेम चौधरी तथा नायिकाको रूपमा दर्शकले सन्ध्या चौधरीलाई देख्न पाउनेछन्। अतिथि कलाकारमा प्रेम चौधरी ‘बी’, खलनायकको भूमिकामा तेजासिंह ऐर र एनआर रिमालले निर्वाह गरेका छन्। अन्य कलाकारमा यादव गिरी, पृथ्वी चौधरी, सुमिना चौधरीलगायतका छन्।

आई लभ यू निर्देशक सिन्हाको १५औं चलचित्र हो। उनले नेपाली र थारू चलचित्र निर्माण गर्दै आएका छन्। ‘अहिलेसम्म दुवै भाषामा चलचित्र बनाउँदै आएको छु,’ आई लय यूको छायाङ्कनका क्रममा भेट्टिएका निर्देशक सिन्हाले भने, ‘बढीजसो थारू भाषाकै चलचित्रमा केन्द्रित छु।’

ई लय यूको छायाङ्कनमा दुई महिना समय लागेको सिन्हाले बताए। चलचित्रको छायाङ्कन कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा गरिएको छ। मंसिर अन्तिम सातातिर चलचित्र रिलिज हुने निर्देशक सिन्हाले बताए। आई लभ यू आधुनिक जीवनमा आधारित चलचित्र भएको निर्देशक सिन्हा बताउँछन्।

Tharu Movie I love You-2

जीवनमा कुनै कुराको पनि सर्त ख्याल ख्यालमा लगाउनु हुन्न भन्ने सन्देश उक्त चलचित्रले दिन खाजेको उनी बताउँछन्। ठूलो पर्दामा हेर्न मिल्ने यस चलचित्रको लागत ८ लाख रूपैयाँ नाघेको निर्देशक सिन्हाले बताए। ‘हिलेसम्म बनाएकामध्ये फरक खालको चलचित्र छ,’ उनले भने, ‘लागत सहजै उठ्ने विश्वास छ।’

दुईवटा मात्र गीत समेटिएको चलचित्रमा द्वन्द्व र संगीत उत्कृष्ट रहेको उनले बताए। नायक प्रेम चौधरीले अभिनय गरेको यो पहिलो चलचित्र हो। उनले यस फिल्ममा सशक्त अभिनय गरेका छन्। ‘सक्दो मेहनत गरेको छु,’ उनले भने।

नायिका सन्ध्या चौधरीले अभिनय गरेको आई लभ यू पाँचौं चलचित्र हो। उनले अहिलेसम्म चारवटा थारू तथा एउटा नेपाली भाषाको चलचित्रमा अभिनय गरिकेकी छन्। ‘अभिनय गरेकामध्ये सबैभन्दा उत्कृष्ट चलचित्र यही लाग्यो,’ सन्ध्याले भनिन्, ‘कथा राम्रो भएकाले दर्शकले चलचित्र मन पराउने आशा छ।’

कैलालीको गदरैया गाविसकी सन्ध्या एसएलसी अध्ययनपछि रङ्गमञ्चमा समर्पित छिन्। उनले यसअघि दर्जन बढी सांगीतिक एल्बममा अभिनय गरिसकेकी छन्।

नागरिक पश्चिमेलीबाट साभार

Leave a Reply

Your email address will not be published.