थारुको आस्थासँग जोडिएको गढीमाई मेला

Ghadhi mai

लोकविश्वास अनुसार दुई सय वर्षअघि बरियारपुर गाउँका एक थारु भगवान चौधरीको घरमा पसेको चोर समातिएपछि गाउँलेको कुटाइले उसको मृत्यु भयो। अनुसन्धानमा आएको प्रहरीले समातेपछि चौधरीले अड्डामा बयान दिँदै चोरको हत्या आफूबाट हुन गएको स्वीकारे।

चौधरीलाई मकवानपुर कारागारमा कैद गरियो। एक रात कारागारमा उनी सुतिराख्दा एक देवीको दर्शन गरेछन्। उनले सोधे, ‘तपाई को हुनुहुन्छ?’ देवीले भनिन्, ‘म मकवानपुर गढीकी देवी हँ, मलाई तिम्रो गाउँ लग।’ चौधरीले आफू कारागारमा रहेको विवशता देखाए। त्यसपछि चमत्कार भयो, चौधरीको हातको हत्कडी, खुट्टाको नेल र झ्यालखानाको ढोका आफैं खुल्यो। देवीको आज्ञाअनुसार पाउमुनिको धुलो पगरीभित्र हालेर हिँडेका चौधरी जंगलको बाटो हुदै गाउँ फर्के। गाउँकै पिपलको रुखमुनि उनले गढीमाईको स्थापना गरे।

गढीमाईले आफ्नो पूजामा ‘प्रत्येक वर्ष बलि चढाउनू’ भनिन्। चौधरीले आफू गरिबले प्रत्येक वर्ष नसक्ने बरु प्रत्येक पाँच वर्षमा बलि चढाउन सक्ने बिन्ती गरे। गढीमाईले ‘हुन्छ तिमी र यसरी बलि दिनेलाई मेरो आशीर्वाद रहनेछ’ भनिन्। त्यसै बेलादेखि सुरु भएको मानिने पाँच वर्षमा एकपटक लाग्ने मेला बलिका लागि निकै प्रसिद्ध छ। तिनै भागवान चौधरीका सन्तान गढीमाईका मूल पुजारी हुन्छन्। पुजारी परिवार र स्थानीय समुदायलाई यो परम्पराप्रति चलनप्रति निकै आस्था छ।

Leave a Reply

Your email address will not be published.