महिन्दा राजापाक्षेको लुम्बिनी भ्रमण यस्तो रह्यो (फोटो फिचर)

 Mahinda-4   

लुम्बिनी- श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान पूजा गर्नुभयो। यसअघि श्रीलङ्काली राष्ट्रपतिसहितको टोली चढेको हेलिकप्टर लुम्बिनीको बसपार्क नजिक रहेको हेलिप्याडमा अवतरण गरेको थियो। अवतरणपछि बाहिरी बाटो हुँदै ५ नं ढोकाबाट मायादेवी मन्दिर प्रवेश गर्नुभएका राष्ट्रपति राजापाक्षले झन्डै पाँच मिनेट मायादेवी मन्दिर र अशोक स्तम्भको दर्शन र अवलोकनमा व्यतीत गर्नुभएको थियो।

Mahinda-5

उहाँले मायादेवी मन्दिर परिसरमा शान्ति दीपसमेत प्रज्ज्वलन गर्नुभएको थियो।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उहाँलाई नागरिक अभिनन्दनसहितको उपहार टक्र्याउनुभएको थियो।

Mahinda-3

त्यसैगरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा श्याङ्बा शेर्पाले बुद्धको प्रतिमूर्ति र मायादेवीको चित्र अङ्कित थान्का पनि उहाँलाई प्रदान गर्नुभएको थियो।

सो अवसरमा मन्त्री पौडेलले श्रीलङ्काली राष्ट्रपतिको दोस्रो लुम्बिनी भ्रमणले लुम्बिनीको समग्र विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Mahinda-2

साथै, उहाँले राष्ट्रपति राजापाक्षको यस पटकको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध अझै प्रगाढ बनाउन सघाउ पुग्ने विश्वास प्रकट गर्दै यसबाट श्रीलङ्कामा पनि लुम्बिनीप्रतिको सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गर्नुभयो।

लुम्बिनी पुग्नु हुँदा श्रीलङ्काली राष्ट्रपति राजापाक्षलाई मन्त्री पौडेलले स्वागत गर्नुभएको थियो।

Mahinda-1

 

तस्बिर : भरत केसी/रासस

Leave a Reply

Your email address will not be published.