सार्कका राष्ट्र प्रमुखलाई थारु झाँकी देखाइयो

Tharu_Jhaki

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई स्वागतका लागि सरकारले राजधानीका मुख्य सडकमा बाजागाजा तथा विभिन्न जातजातिका भेषभूषा झल्किने गरी सांस्कृतिक टोलीहरु परिचालन गरेको छ।

सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागतार्थ ती टोलीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गैरीगाउँ, तिनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी र सोल्टीमोडलगायतका स्थानमा खटिएका छन्।

Jhaki-5

विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जातजाति र समुदायले आ–आफ्नो भेषभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराउनुका साथै परम्परागत बाजा बजाएर उहाँहरुको स्वागत गर्ने व्यवस्था सरकारले मिलाएको हो।

Jhaki-4

ती टोलीमा खासगरी सुनुवार, नेवार, राई, लिम्बू, शेर्पा, थारु, तामाङलगायतका जाति तथा समूहले आफ्ना बाजागाजासहित विशिष्ट अतिथिहरुको स्वागत अभिवादन गरेका थिए ।

Jhaki-3

सांस्कृतिक संस्थान र राष्ट्रिय नाचघरको संयोजनमा उक्त टोली परिचालन गरिएको बताइएको छ। सार्क सम्मेलन मुलुकको पहिचानसँग जोडिएका कारण यसखालको प्रदर्शन गरिएको जनाइएको छ।

Jhaki-2

अतिथिहरुको स्वागतका लागि नेपाल सरकारले विभिन्न स्थलमा स्वागतद्वार बनाउनुका साथै त्यसमा सार्क शिखर सम्मेलनको मूल नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ लेखिएका तुल राखिएका छन्।

Jhaki-1

यस्तै, नेपालका विभिन्न पर्यटकीय स्थल, जनावर, हिमाल, तराई, पहाड, तालतलैया, मन्दिर गुम्बासहितका प्राकृतिक सम्पदा एवम् धार्मिक स्थलको पहिचान झल्कने तस्बिर पनि सडक किनारामा राखिएका छन्।

तस्बिर : रासस

Leave a Reply

Your email address will not be published.