थारुका राजा बुद्ध थिए ।
थारुका राजा दङिशरन थिए ।।
थारुको आफ्नै ठूलो राज्य थियो ।
थारुको आफ्नै पहिचान थियो ।।
तर अफसोच
आफ्नै घरमा अरुको कमैया बनिम ।
आफैले पकाको खाना पस्केर खान पाएनम ।
बुक्रही कम्लहरि बन्दै मालिकको सुसार गरिम ।
उपहारमा उनिहरुको योनप्यासको सिकार भइम ।
कति सहन्छौ ए थारु हो ।
अब त जाग उठ तिमिहरु ।
तिमिहरुको बुद्ध छिन्दै छन ।
तिमिहरुको थरुहट छिन्दै छन ।
तिमिहरुको नाउ गाउँ छिन्दै छन ।
तिमिहरुलाइ अझै जोत्ने प्रयास गर्दै छन ।
बरसौ बरस मिलेका दाजु भाइलाइ फुताउने प्रयास गर्दै छन ।।
तिमिहरुको छोराछोरिलाइ अझ कमैया कम्लहरी बनाउने सपना देख्दैछन ।
तिमिहरु अझ किन सुतिराछौ ? अब त जाग उठ…
यो जल, जङ्गल, जमिन तिमिहरुको हो ।
यो सख्या हुर्डङ्वा बरकिमार तिमिहरुको हो ।
यो ठन्वा डेउथन्वा तिमिहरुको हो ।
यो धरती तिमिहरुको हो ।
तै पनि तिमिहरु किन चुपचाप छौ ?
अब त थारु जाग उठ
मुक्तिको लडाइँ लड ।
परिबर्तनको लडाइ लड ।
पहिचान आत्मसम्मानको लडाइ लड ।
यो तिमिहरुको अन्तिम लडाइ हो ।
अब त थारु जाग उठ
अब त थारु जाग उठ ।।
लेखक बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन्।