नेपालको दोस्रो जित, कुवेत २ सय ६२ रनले पराजित

Cricket nepal

कुबेतमा भइरहेको एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। कुबेत सिटीमा सोमबार भएको खेलमा नेपालले आयोजक कुबेतलाई २ सय ६२ रनको विशाल स्कोरले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गर्दै ३ सय २५ रन बनाएको नेपालले कुबेतलाई मात्र ६३ रनमा समेट्यो।

त्यसअघि नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ३ सय २५ रन बनाएको थियो। ५ ओभरभित्र ९ रन बनाउँदा दुवै ओपनर प्रेम तामाङ (५), सुनिल धमला (१) र शंकर राना (०) लाई गुमाएको नेपालबाट आरिफ शेखले ८७ रन बनाए। राष्ट्रिय टोलीमा समेत सहभागी आरिफले १ सय ११ बल खेली ६ चौका प्रहार गरे। उनले कप्तान राजु रिजालसँग चौथो विकेटमा ९४ र सन्दिप सुनारसँग पाँचौं विकेटमा ९३ रन जोडे।

राजुले ३१ रन जोडे। ६३ बल खेलेका उनले २ चौका प्रहार गरे। सन्दिप ४९ रनमा आउट भए। ५६ बलको इनिङ्समा उनले ६ चौका र १ छक्का प्रहार गरे। सौरभ खनाल र दीपेन्द्र सिंह ऐरीले ७ ओभर भित्र ९६ रनको साझेदारी गरेपछि नेपालले लगातार दोस्रो खेलमा ३ सय रन पार गरेका थियो। यु–१९ विश्वकपका अनुभवी सौरभ ३५ बलमा ६४ रन बनाई अविजित रहे। उनले ४ चौका र २ छक्का प्रहार गरे। नेपाली इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भएका दीपेन्द्रले २० बलमा ४८ रन बनाए। रनआउट हुनुअघि उनले २ चौका र ४ छक्का प्रहार गरे। सुशील कँडेल १ रनमा अविजित रहे।
यसअघि आइतबारको खेलमा नेपालले साउदी अरेबियालाई १ सय ९५ रनले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published.