गोकर्ण रिसोर्ट अगाडि थाकसले विरोध प्रदर्शन गर्ने

मुख्य तीन दलले गोकर्ण रिसोर्टमा वैठक थालेका छन्। हिजो संविधानसभाको बैठकमा उपस्थित नभएर तीन दलका नेता गोकर्ण रिसोर्टमा वैठक बसेका थिए। गोकर्ण रिसोर्ट बैठक विरुद्ध तिब्र प्रतिक्रिया उत्पन्न भएको छ। हिजो संविधानसभा बैठकमा सभासदहरुले संविधानसभाको तेजोबध हुने गरी तीन दलका शीर्ष नेता रिसोर्टमा बैठक बसेको भन्दै आलोचना गरेका थिए।

गोकर्ण रिसोर्ट बैठक विरुद्ध आज दिउँसो दुई बजे रिसोर्ट अगाडि नै विरोध प्रदर्शन हुने भएको छ। सार्वभौम संविधानसभाको अवज्ञा गर्दै गोकर्णमा वैठक गरेको भन्दै थारु कल्याणकारिणी सभाले आज बिहान विरोध प्रदर्शन घोषणा गरेको थियो। सो प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासंघ समेत सहभागी हुने भएको छ।

प्रदर्शनकारीहरुका अनुसार विरोध प्रदर्शनमा अन्य विभिन्न संघसंस्था पनि सहभागी हुनेछन्।

राजकुमार लेखीले फेसबुकमा विरोध प्रदर्शनबारे स्टाटस लेखेका छन्।

Leave a Reply

Your email address will not be published.