थाकसको २१औं महाधिवेशन : प्रधानमन्त्रीद्वारा उद्‍घाटन

DSC07369थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको औपचारिकरुपमा उद्‍घाटन भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले उद्‍घाटन गरेका हुन्। उनलाई थारु समुदायका ब्यक्तिहरुले फूलमाला दिएर स्वागत गरेका थिए। कार्यक्रममा थारु सभासद्हरुको पनि सहभागिता छ। कार्यक्रमका तस्बिरहरु थारुवानको फेसबुकमा हेर्न सक्नुहुन्छ।

कलश यात्रा सम्पन्न

DSC07018थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको अवसरमा झापाको वीर्तामोडमा कलश यात्रा सम्पन्न भएको छ। कलश यात्रामा तराईका २४ जिल्लाका प्रतिनिधि, स्थानीय र सभाका पदाधिकारीहरुको सहभागिता थियो। वीर्तामोडको नयाँ वसपार्कमा आयोजित सभाको महाधिवेशन केहीबेरमा प्रधानमन्त्री सुशील कोइरालाले उद्‍घाटन गर्नेछन्।

सभामा तराईका २४ जिल्लाबाट पाँच सय प्रतिनिधि र पर्यवेक्षक सहभागी  छन्। त्यस्तै कार्यक्रममा सभाका पूर्व महामन्त्री राजकुमार लेखी, पूर्व मन्त्री उमाकान्त चौधरी, पूर्व सभासद् शान्ता चौधरी, आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाललगायतको सहभागिता छ।

Leave a Reply

Your email address will not be published.