थारु, मधेसी, आदिवासी सबै विखण्डनको विपक्षमा : लेखी

Rajkumar Lekhiराजकुमार लेखी– थारु समुदायले यो देशमा आफ्ना लागि मात्र कहिल्यै अधिकार खोजको छैन। हामी सम्पूर्ण नेपालीको अधिकार स्थापित गर्न लागिपरेका छौं। तर, सबैको अधिकार स्थापित गर्ने बहानामा पहाडमा भन्दा तराईमा थोरै प्रदेश बनाएर थारु सहित तराईका आदिवासी जनजातिलाई ठग्न पाईंदैन।

हामी थारु कति कमजोर हालतमा पुगेका छौं भने एकजना मान्छे आएर तराइ टुक्राउँछु भन्दा यहाँ हल्लीखल्ली मच्चिन्छ। देश विखण्डनको मुद्दामा थारु, मधेसी आदिवासी जनजाति कोही सहमत छैनन्। कसैले यो कुरा स्विकार गर्न सक्दैन। हामीले देशभित्र अधिकार खोजेका हौं।

पहाडमा धेरै प्रदेश बनाउँदा अर्थतन्त्रले धान्ने तर तराईमा थोरै प्रदेश बनाउँदा नधान्ने किन ? राजा महेन्द्रले तराईमा २२ र पहाडमा ५३ जिल्ला बनाएर ठगेका थिए, प्रदेश बनाउँदा पनि त्यसरी ठग्ने काम नहोस्।

थारु, मधेसी, आदिवासी सबै विखण्डनको विपक्षमा

Leave a Reply

Your email address will not be published.