‘मर्नुभन्दा अगाडि केही भन्न चाहन्छु’

वीर अस्पतालको आकास्मिक कक्षमा स्वास्थ्य परीक्षण गराउँदै सीके राउत।
वीर अस्पतालको आकास्मिक कक्षमा स्वास्थ्य परीक्षण गराउँदै सीके राउत।

डा. सीके राउत– विभेदविरूद्ध बोल्न पाउने मेरो अधिकारलाई राज्यले कुण्ठित गरेको छ। नेपालमा मधेसीहरू कसरी, कुन हैसियत र अवस्थामा बस्न चाहन्छ भन्ने प्रश्नमा जनमत संग्रह होस् भनी मेरो जोड्दार माग छ। नेपाल प्रहरीले मलाई मानसिक र शारीरिक यातना दिएर आफूखुसी तयार गरेको बयानमा हस्ताक्षर गराएको छ।

उक्त बयानमा मेरा पूर्णरूपेण सहमति छैन। मैले भनेको कुरा कतिपय अवस्थामा बंग्याइएको छ भने कतिपय स्थानमा गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको छ। बयानका कतिपय कुरामा मेरो पूर्ण, कतिपय कुरामा आंशिक सहमति छ भने कतिपय कुरामा मेरो पूर्ण विमती छ।

श्रीमान् मैले बोलका कुराहरू बंग्याएर पनि राखिएको छ। नेपालको शासन, प्रशासन र शासको नियतीमा सुधार भएन भने र विभेद बढिरह्यो भने मधेसीहरू स्वतन्त्र राष्ट्र बनाउन बाध्य हुनेछन् भनी मैले दिएको जवाफलाई बंग्याई म स्वतन्त्र मधेस राष्ट्र बनाउन लागेको कुरामा हस्ताक्षर गराइएको छ।

गत भाद्र २८ गते संथालहरूले आयोजना गरेको कार्यक्रमा मैले संथालका इतिहासका बारेमा ५ मिनेट बोलको थिएँ। त्यहाँ अन्य विषयमा कुरा नभए तापनि नेपाल प्रहरीले माथि भेला आयोजना गरेको, भड्काउ भाषण दिएको, प्रहरीसँग अपशब्द प्रयोग गरेको र दस्तावेजहरू बोको भनी आरोप लगाइएको छ।

वास्तवमा म त्यस कार्यक्रमको आयोजक पनि थिइनँ, मैले कसैलाई धम्क्याएर भेला पारेको विषयमा कसैले उजुरी पनि दिएको छैन। मैले उक्त कार्यक्रमा के–के बोले र कसरी सामाजिक सद्भाछव भड्कियो भन्ने विषयमा कुनै खुलासा छैन र प्रहरीले आफूसँग बोकर ल्याएको दस्तावेजलाई मसँग बरामद भयो भनेर दाबी पेस गरेको कुरा निकृष्ट र हास्यास्पद कुरा मात्र हो।

नेपाल प्रहरीले पक्राउ गर्ने नै मनसायमा दस्तावेजका साथ पूर्वतयारी गरी मलाई हिरासतमा लिइ गैरकानुनी र बलजफ्ती बयान गराइएको कुरा श्रीमानलाई जानकारी गराउँछु। यदि मधेससँग विभेद भइ नै राख्यो भने मधेस अलग देश हुन सक्छ भनी मैले बयान दिएको हुँ। तर, प्रहरीले यसलाई अलग देश बनाउँछु भनेर प्रहरी थुनामा राति १ बजे घुम्न जाउँ डा. साब भन्ने, सही छाप गराउनुभन्दा अगाडि सिडीओले २ घण्टा एक्लै कोठमा थुनि विभिन्न किसिमको मानसिक यातना दिइ, सही छाप गराएको हो।
(असोज ८ गते सर्वोच्च अदालतमा ४ नं. बेन्चसामु डा. राउतले दिएको अभिव्यक्तिको सम्पादित अंश।)

मधेसवाणीबाट साभार

Leave a Reply

Your email address will not be published.