सीके राउतलाई थप दुई दिन थुनामा राख्न विशेष अदालतको अनुमति

तस्बिर : देवकी विस्ट/हिमालखबर
तस्बिर : देवकी विस्ट/हिमालखबर

काठमाडौं- बन्दीप्रत्यक्षिकरणको मुद्दामा आदेश अनुसार सर्वोच्च अदालतमा उपस्थिति गराइएको सीके राउतको मुद्दा हेर्न नभ्याउने भन्दै सर्वोच्चले ५ असोजमा पेशी तोकेपछि उनलाई म्याद थपका लागि प्रहरीले विशेष अदालतमा लगेको थियो ।

विशेषले ३ असोजमा थप दुई दिन (५ असोजसम्म) हिरासतमा राख्न अनुमति दिएको हो । ५ असोजमा प्रहरीले राउतलाई सर्वोच्चमा उपस्थित गराउने छ ।

एक साताअघि मोरङको रंगेलीबाट पक्राउ परेका राउतलाई २ असोजमा प्रहरीले विशेष अदालत काठमाडौंमा उपस्थित गराई २४ घण्टा हिरासतमा राख्ने अनुमति लिएको थियो।

सीके राउतले राष्ट्रिय अखण्डतामा खतरा उत्पन्न गर्ने काम गरेका यथेष्ट प्रमाण फेला परेपछि उनलाई राज्य विरुद्धको अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भएको प्रहरीको भनाई छ ।

राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ अर्न्तगतका मुद्दा कारवाही र किनारा गर्ने अधिकार विशेष अदालतलाई छ ।
अमेरिकामा अध्ययन गरेका सप्तरीका चन्द्रकान्त (सीके) राउत पछिल्लो समय मधेशलाई नेपालबाट अलग गराउने अभियानमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published.