बुटवलदेखि फत्तेपुरसम्म

  fattepur_bake_3  

कमला चौधरी– साउनको झरी र भदौँरे महिना। झम झम पानी पर्ने समय। पानी यति धेरै पर्यो। पानीले ठूलो रुप लियो। बाढी पहिरो जाने बेला। नभन्दै सिन्धुपाल्चोकको जुरेमा पहिरो गयो। डेढ सयभन्दा बढीको पहिरोमा पुरिएर मुत्यु भयो। हरेक वर्ष झै यो वर्ष पनि प्रकृतिले डस्यो। पानी परिरहेको र खोला नजिकका बासिन्दालाई  बच्न सूचना दिँदादिँदै पनि बाँच्न सकेनन्। तराईका अधिकांश भाग डुबानमा परे। धेरै विस्थापित पनि भए। धेरैको घर बगें। बाढीमा आफ्ना सन्तान गुमाए। हार गुहार गर्न नपाउँदै परिवारलाई बढीले ह्वात्तै लग्यो। दिन र देश एकदमै शोकमग्न थियो। नेपालका अधिकांश मिडियाले जुरेका घटनालाई देखाइरहेका थिए।

त्यति नै बेला भारतका प्रधानमन्त्री मोदी भ्रमणका लागि नेपाल आएका थिए। प्रधानमन्त्री, मन्त्री नेतादेखि लिएर आधा नेपाल उनकै चर्चा र स्वागतमा मस्त थिए। आधा मिडियाले बाढी पहिरो र शोकमग्न दृश्य टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारण गरिरेहका थिए त आधा मोतीकै भजन किर्तन गरिरहेका थिए। पहुनालाई स्वागत र सत्कार गर्नु हाम्रो रीति हो तैपनि त्यो घटना र मोदीलाई केलाउँदा सरकारले कसलाई चासो दिने भन्ने कुरा सोचेन। घटनालाई बेवास्ता गरी काममा तेल हालेर बस्यो। दुःख के लाग्यो भने, देशमा यत्रो ठूलो दर्दनाक मानवीय घटना, धनजनको क्षति हुँदा पनि तत्काल सरकारले केही गर्न सकेन।

fattepur_bake_4

पानी निरन्तर परिरह्यो। पूर्वको जुरेको घटना पश्चात् पश्चिमको दाङ, बाँके, बर्दिया, कैलाली सुर्खेतमा पनि बाढी पस्यो। घरपरिवार विस्थापित भए। मानव बस्ती डुबानमा परे। बस्तुभाउ थुप्रै अन्नवाली, रोपिएको धान बालुवामा मिसियो। खेत बगरमा परिणत भयो। खाना, लत्ताकपडा, धानगहुँ बाढीले बगाएको घटनाको दृश्य टेलिभिजन, रेडियो तथा पत्रपत्रिकामा आइरहेका थिए। पीडित क्षेत्र अवलोकन गर्न सरकार हेलिकप्टर चढेर माथिबाटै फर्कियो। त्यस क्षेत्रमा एक दुई बोरा चामल, चिउरा, चाउचाउ, कपडा सामान दान गरेर आयो। त्यत्तिले पीडाले भिजेको पीडितको मन कहाँ बुझाउन सकिएला र?

दिनप्रति दिनको विस्थापितको खबर मिडियाले दिइरहेका थिए। जुरेको घटनालाई फोकस गर्दा पश्चिमको दाङ, बाँके, बर्दियातिरको बाढीको घटनाको समाचार पनि केही ठूला मिडियाले गरे। जति जुरेको घटनालाई महत्व दियो त्यति दिएन। जति पूर्वको पीडितलाई राहत गयो त्यत्ति पश्चिमका पीडितलाई सरकारले रातह दिन सकेन। पूर्व पश्चिम जे भनेपनि नेपाल त नेपाल नै हो नि। घटना पूर्व कोशीको होस् वा कर्णालीको विस्थापित दुबै ठाँउका मानिस भएका छन्। तर सरकारले किन पूर्व र पश्चिमलाई विभेद गर्यो? के पश्चिममा आदिवासी थारु समुदाय नेपाली जनता होइनन्। आखिर किन सरकारले थारु समुदायलाई हेप्छ? प्रश्न धेरै उठ्यो।fattepur_bake_5

बेला बेलामा यस्तै प्रश्नले झस्काइरह्यो। फेरि पनि बाढीकै समाचार थारुको समाचार वेवसाइट थारुवान डटकम, थारु युनिटीलगायतका समाजिक सञ्जालमा पनि निरन्तर खबर आइरह्यो। दिनदिनै पीडितको हरखबर अपडेट गरिरह्यो। घर डुबानमा परेको, खोलाले बेपत्ता पारेको, भाइरल रोगको प्रकोपले छोएको, बिरामी भएर सिटामोलसम्म खान नपाएको यावत सत्य कुरा निरन्तर फालिरह्यो। खबर सम्प्रेषणमा थारुवान डटकमले कुनै असर बाँकी राखेन। अपडेटबाट गर्दैगर्दा १७ दिनकी सुत्केरीले पोसिलो खान नपाइ आमाको दुध बच्चाले खान नपाएको खबर धेरैले पढे। यो समाचार साथी सरगम चौधरीले पढ्यो। उसले जति सक्छु सहयोग गर्छु, तपाईँ त्यहाँ जानुपर्छ भनेर आग्रह आयो। म पनि धेरै पटक त्यो समाचार पढेँ। अपडेट हेरेँ।

विशेषतः १४।१५ दिनकी सुत्केरीको अवस्था विजोग थियो। ती सुत्केरी खाना नपाएर आफ्नो बच्चालाई प्रयाप्त दुध दिन नसकेको, त्यस्तो अवस्थामा पनि आफ्नो शिशुलाई दुध चुसाइरहेकी थिइन्। परिवारले बच्चा र शिशुको स्याहारका लागि आफैँ भोकभोकै बसेको घटनाको खबर पढेर मनमा दया पलायो। पीडा असह्य भएर क्षेत्र जान मन लाग्यो। भेट्ने र जे जति सकिन्छ, मबाट सहयोग गर्ने इच्छा जागेर आयो।

fattepur_bake_7

त्यत्ति नै बेला म एक्लैले केही गर्न नसक्ने हुनाले साथी मदनलाई यो कुराबारे जानकारी दिए। उनले हुन्छ म साथीलाई भन्छु त्यसपछि मिलेर जाऔँला भन्ने कुरामा सहमत भइयो। त्यसको दुई दिनमा यहाँहरु मिटिङ बस्नु भको रहेछ। राहत संकलन गर्ने खबर आयो। काठमाडौंमा बस्ने थारु युवा, थारु विद्यार्थी समाज,बर्दियाली थारु विकास मञ्च, थारु संघसंस्था, थारु एराउण्ड दी वर्ल्ड, थारुवान डटकम र थारु कम्युनिटी मिडिया पार्टनर रहेको टिम मिलेर राहत संकलन गर्ने अभियान जुटाएको अबर आयो। राहतका लागि निवदेन पु गर्दा काठमाडौं जिल्ला प्रशाशनले दर्ता नगरेको दुःखद खबर आयो। तैपनि हामी त्यो काम गर्नु नै थियो। हामी पछि हटेनौं। सहयोगको लागि संघसंस्था, व्यक्तिगत, साथीभाई, विदेशमा रहनुभएका इष्टमित्रलाई आग्रह गरियो। साथीहरुले आग्रह स्वीकार गरेर जे जति हुन्छ। सहयोग दिन तयार भए। राहत थोरै थोरै गर्दै संकलन हुँदै थियो। कसैले जिन्सी सामान दिए। कसैले नगद। हामीले जम्मा गर्दै गर्‍यौं।

राहत संकलन निरनतर एक हप्ता जति रह्यो। त्यसपछि पीडित क्षेत्र जाने निर्णय भयो। काठमाडौंबाट टोली बिहानै ५ बजे आउने जानकारी प्राप्त भएपछि केही खाद्य सामानका साथ तयार भए जानलाई। गाडी मलेखुमा बिग्राया रहेछ खबर आयो। दिनभर कुरिरहे। बुटवल आइपुग्दा लगभग रातको ८ बजेको थियो। घरबाट रात पर्यो छोरीचेली रातबिरात हिँड्नु सुहाउँदैन भने। सामान दिएर नजान आग्रह गरे। तर त्यो कुरालाई नकारेर म टोलीसँगै गए। टोलीमा म एक्लै केटी थिए। पुरुष साथीहरुको माझमा एक्लै केटी हिँड्नु स्वाभाविकरुपमा धेरथोर असहजता महसुस हुन्छ नै। तर मैले सहज लिएर हिँडे। टोलीमा मदनबहेक कसैलाई चिनेकी थिइन्। पछि विस्तारै चिनजान भयो।

fattepur_bake_1

भोलिपल्ट हिमी बहानको ५ बजे नेपालगञ्ज पुगियो। गाडीमा सामान थियो। सबै सामान नेपालगञ्जमा एक जना सरकोमा राखियो। सबै टोली नेपालगञ्ज होटलमा बसियो। रातभरको अनिदो अनि थकान गर्मी उत्तिकै। टोली र नेपालगञ्जका केही पत्रकारबीच राहत वितरणबारे छलफल भयो। खाना खाएर दुई ठाउँ रिर्पोटिङ जाने निणर्य भयो। ४ जना बाँके फत्तेपुर, ४ जना बर्दिया गइयो। मेरो टिममा थारु विद्यार्थी  समाजका संजय चौधरी, विमल चौधरी, थारु अराण्ड दी वर्ल्डका प्रेम चौधरी, त्यहाँका स्थानीय पत्रकार रिपोर्टिङका लागि बाँके फत्तेपुर मोटरबाइकमा गइयो। दिनको चर्को घाम चोकदेखि लगभग दुई घण्टाको बाटो राप्ती पुल तरेर, राप्ती नदीको तातो बालुवा माथि हिँड्दै, बाइकलाई हिँडाउँदै हामी फत्तेपुर गाँउमा पुगियो। बाढीले कटान गरेको बालुवामय दृश्य यस्तो छ।

बाटोमा आफ्नो घर बगाइदिएपछि हामीमाझ दुखेसो पोख्दै गरेकी पीडित महिला भन्छिन्- ‘तिमीहरु भगवान् हौं,केही सहयोग गर।fattepur_bake_6

यसरी पहिलो दिन हामी रिर्पोटिङमै व्यस्त भइयो। फत्तेपुरको ४५ घरपरिवार विस्थापित भएको जानकार प्राप्त भयो। राहत दिन आएका व्यक्तिले नै सामग्री खाइदिएको, कसैले दुई तीन पटक रातह पाएको कसैले एकपटक पनि राहत नपाएको र चामल गाडीबाटै चोरेर लगेको पीडितले दुखेसो गरेँ। सोहीअनुरुप हामीले फत्तेपुरको लागि सामान छुट्यायौं। दोस्रो दिन हामी पुराना नयाँ कपडा छान्न थाल्यौं।

fattepur_bake_2

खान, नयाँ, पुराना कपडा छानी छानी फरक फरक ठाउँमा राखियो र तेस्रो दिन वितरणको लागि लगियो। बोँके र बर्दियाका केही ठाउँमा राहत वितरण गर्न सफल भयौं। फर्कियौ पनि। जो जसले सहयोग गर्नुभयो सबै महानुभावलाई हृदयदेखि धेरै धेरै धन्यवाद। तर जुन उद्देश्य थियो। दाङमा गएर सुत्केरीलाई केही सहयोग गर्ने इच्छा थियो, हामीसँग प्रयाप्त राहत सामग्री नभएर जान सकिएन। हामी धेरै नै ढिला भइसकेका छौं तैपनि यहाँहरुको सहयोग, साथ र प्रेरणा मिल्यो भने ढिला किन नहोस् दाङ र सुर्खेतमा पनि जान्छौं।

One thought on “बुटवलदेखि फत्तेपुरसम्म

  1. Bahut dukha lageko 6 Aafule Janme Hurkeko thau, teu aafano basti ghaughar khet bari yasari dubera bhatkera bhagnaaoses ma parinat bhayako dekhada, aafanai afantaharu (kaka kaki) lai bhatkeko ghar ma kahali lagdo aostha ma dekhada kata kata naramailo lagiraheko 6 tara k garne daibale j nagarnu thiyo teu garisakeu,aafantaharu lagayat aafano gaubasti khetbari bagaisakeu. J nahunu thiyo teu ta bhaisakeu tara sarkarko aakha yes basti samma pugna sakena, pugeko bhaya yes thau ko janta lai kasto mahasus hunthiyo hola? kati khusi hunthiya hola? Hamilai pani sarkarle herdo rahe6 bhanera bhanthe hola? Tara k garne andho sarkarko aakha kaha po jan6 ra yesto kahali lagdo bastiharuma. Aru thauma bhaya sayad aakha janthiyo pani hola tara yo thau Tharu aadibasi bhayako basti na pareu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *