काठमाडौं- एकल जातीयताको वकालत गर्दै डेढ वर्षअघि नेकपा (एमाले)बाट बाहिरिएर सङ्घीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष बनेका विजय सुब्बासहित २९ जना नेता कार्यकर्ता मूल घर एमालेमै फर्किएका छन्। पार्टी प्रवेश गर्नेमा समाजवादीका सचिव मीना गुरुङलगायत छन्। सुब्बा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य थिए। उनले तत्कालीन एमालेका उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गरेका थिए।
एमालेको केन्द्रीय कार्यालय बल्खुमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतले टीका र खादा लगाएर स्वागत गरे। त्यस अवसरमा अध्यक्ष ओलीले हावाहुरी लागेका बेला रुख ढल्किएजस्तो कहीँ साथी दायाँबायाँ गए पनि पुनः मूलघरमा मोहियानी हक र हिस्साका साथ प्रवेश गरेकामा खुसी व्यक्त गरे।
उनले कुनै पदको लोभ वा आश्वासनबिना सही निर्णय गरेर एमालेमा फर्र्केकामा आभार व्यक्त गरे। नेता सुब्बाले भावावेशमा पार्टी छाडेर गए पनि अन्ततः पार्टीको विचारलाई सही ठान्दै फर्केको र पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, एमालेको जारी दोस्रो केन्द्रीय कमिटीको आजको बैठक केहीबेरअघि प्रारम्भ भएको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर