भारतीय प्रधानमन्त्री मोदी राजधानीमा

Modi Visit nepal-8
सबै तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि विशेष विमानबाट काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणामा उनको यो पहिलो राजकीय भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे।

 

 

Modi Visit nepal-13

उनको स्वागतमा सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, सवारी एवं सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्य, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी उपस्थित थिए।

Modi Visit nepal-12
प्रधानमन्त्री मोदीको विमानलाई अगुवाई गर्दै भारतीय वायु सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। प्रधानमन्त्री मोदीको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारतका साथै १९ तोपको सलामी दिइएको थियो। त्यस अवसरमा दुवै देशका राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो।

Modi Visit nepal-10
यहाँ रहँदा भारतीय प्रधानमन्त्रीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री कोइराला, सभामुख नेम्वाङ, परराष्ट्रमन्त्री पाण्डे, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उद्योगपति एवम् व्यापारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। Modi Visit nepal-9
आज दुवै देशका प्रतिनिधिमण्डलबीच प्रधानमन्त्री तहमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ। आजै प्रधानमन्त्री मोदीले व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री कोइरालाले आज साँझ भारतीय प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गरे।

Modi Visit nepal-5
प्रधानमन्त्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डलमा ७० देखि ७५ जना अधिकारी सामेल हुने र द्विपक्षीय वार्तामा दुवै देशका २५ देखि २७ जना वरिष्ठ अधिकृत सहभागी हुने बताइएको छ। प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव एवम् सहसचिव छन्। Modi Visit nepal-3
करिब तीन महिनाअघि प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन नयाँदिल्ली भ्रमणका बेला प्रधानमन्त्री कोइरालाले उनलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरेका थिए। रासस

Modi Visit nepal-2

Modi Visit nepal-1

Modi Visit nepal-7

Modi Visit nepal-4

Modi Visit nepal-6

Leave a Reply

Your email address will not be published.