बुढेसकालमा बन्दैछन् बेसहारा

Tharu photo

कमला चौधरी, बुटवल- वैवाहिक जीवनको रमाइलोसँगै महिलाहरुमा आमा बन्ने प्रक्रिया सुरु हुन्छ। महिनावारी सुरु हुँदादेखि मृत्युसँग अनवरत संघर्ष गर्दै एउटी महिला आमा बन्छिन्। सन्तानको सुख र बुढेसकालमा साहारा पाउने कल्पनामा आफ्ना सबै पीडा भुलेर आमाले सन्तानलाई हुर्काउँछिन्। आफूले नखाए पनि सन्तानलाई खुवाउँदै, उसको पीडामा रुँदै र खुसीमा रमाउँदै ती आमाले आफ्नो सन्तान ठूलो बनाउँछिन्। यसरी हुर्काए बढाएका सन्तानले पछिल्लो समयमा तीनै आमालाई दुःख दिने गरेका उदाहरण अहिले समाजमा बढ्दै गएको छ।
खासगरी विहेपछि छोराहरुले परिवार अलग राख्दा आमाहरु बेसहारा बन्ने गरेका छन्। कतिपय छोराले त आमाबाबुसँग परिवार नराख्नेा होइन, उनीहरुको खानपिनका लागिसमेत रकम नदिँदा समस्या हुने गरेको छ। यो बेलामा उमेरमा छोराछोरी जन्माउन गरेको दुःख र आफ्नो लगानी सम्झेर बुढेसकालमा धेरै आमा धुरु-धुरु रोएका छन्।
घरभन्दा चौध किमी टाँढा (बुटवल सुकुम्बासी)मा सानो झुपडी बनाएर एक्लै बस्छिन्। दिनभर घर बनाउने काम गर्छिन्। त्यही काम गरेर आफ्नो जीवन चलाइरहेकी छिन्। उनको नाम हो ,दिलमाया थापा। एकान्तमा गीत गुन्गुनाउछिन्, ‘छोरानाती कन्कन गर्छन्, बुहारीले आखाँ तर्छन् बुढेसकालैमा।’ एकैछिनको भेटमा दुःखहरु पोख्दै उनी भन्छिन्, ‘हामी बुढो भइयो, छोरा-बुहारीले दिनदिनै झगडा गर्छन्, कचकच गर्छन्। त्यो सहनुभन्दा दुःख गरेरै भए पनि छुट्टै बस्न मन लाग्यो। काल नआउन्जेल यस्तै दुःख गर्ने खाने। बुढेसकालमा हेलाको पात्र मात्रै हुने यो कस्तो जिन्दगानी भन्दै भावुक हुन्छिन्।
कमाइ खुवाउने छोराले विहेपछि आफ्नो परिवार छुट्याएर हिँडे। ‘ठूला छोराको विहे भयो। नाति जन्म्यो। अब त सुखका दिन आए भनेर रमाएकी थिएँ। बुहारी र नातिलाई लिएर घरबाहिर निस्क्यो। कान्छा छोराले विहे भएको दुई महिना नपुग्दै श्रीमतिलाई लिएर काठमाडौं गयो। अपांग श्रीमानसित बुढेसकालमा म बेसहारा भएकी छु।’ उनीजस्तै धेरै वृद्धवृद्धाहरु अहिले यस्तै अनेक काम गरेर भए पनि जीवन गुजारा गर्न बाध्य छन्।
त्यस्तै अर्की बुढी आमाको कथा र व्यथा उस्तै छ। उनी हुन् रुपन्देही सेमलार गाविस नरैनापुरकी शिवकुमारी थारु। वर्षले सत्तरी कट्नै लागेकी सकिनसकि भए पनि काम गर्छिन। मलिनो मुख गराउँदै भन्छिन्, ‘बुढेसकाल लाएर के भो बाचुन्जेल शरीरमा शक्ति छ काम गरेर खाने हो,’ उनी भन्छिन्, ‘टिपेर ल्याएको साग ओइलिनबाट जोगाउन घरको छतमा राख्यो, बिहान सबेरै चार बजे उठेर बेच्न लान्छु।’ एक मुठाको रु. १० का दरले बिहानभर ११ बजेभित्र चार-पाँस सयको आम्दानी हुने उनी बताउँछिन्।
उनी भन्छिन्, ‘परिवार चौविस जना छौं। उनीहरुल जवान भए, विहे गरे र आफ्नो आफनो बाटो लागे। सानो छँदा मर्ला कि भन्ने डर, ठूलो भएपछि मार्ला कि भन्ने डर। बुढेसकालमा साहारा भन्ठानेको एक्लो बनाए। छोराछोरी पराई भए, बुढाबुढी एक्लै।
खान परो, काम नगरी खान पाइदैन, नखाई बाँच्ने कसरी? हाम्रो पालामा चोर डाँका लाग्ने, जेनतेन भएका खेतबारी, गरगहना चोरले चोर्योढ। हातहतियारसहित आएका चोरले ससुरालाई गोली हानेर मार्योे। त्यही डरले भएको सम्पत्ति छोडर अन्यत्र बसाइ सरियो। अहिले आफ्नो जग्गा जमिन छैन। जमिनदारको घरमा हरुवा बस्यो, उसैको काम गर्योी। जमिनदारको काम सकाएर मजदुरी गर्न जानुपर्छ। मजदुरी गरेर आएको थोरै पैसा नुन तेललाई हुन्छ।
पश्चिमा संस्कृति अपनाउने र एकल परिवारमा बस्न खोज्ने छोरा-बुहारीका कारण वृद्धवृद्धाहरु बेसहारा बन्ने गरेका छन्। छोराबुहारीसँगै बसेपनि आमा-बाबुप्रति वास्ता नगर्ने, खासगरी वृद्ध सासुलाई बुहारीले आदर र सम्मान नगर्ने समस्या बढ्दै गएको छ। पैतृक सम्पत्ति नहुन, आम्दानी नहुने र त्यसमा पनि वृद्ध महिला बढी समस्यामा छन्। उमेर छँदा श्रीमान र सासुससुराबाट हिंसामा परेका आमाहरु बुढेसकालमा छोराबुहारीबाटै पीडित छन्।
महिला मानव अधिकारकर्मी मनु खड्का भने समयको परिवर्तनले सासुहरु बेसहारा बन्दै गएको बताउँछिन्। उनका भनाइमा छोरा त्यसमा पनि बुहारीहरु नयाँ जमानामा हुर्केका, नयाँ प्रविधि पछ्याउने, घरबाहिर जागिर गर्नेमा बढी समय घरबाहिर दिन्छन्। घरको काम र सासुहरुको सहयोग तथा सम्मानमा त्यति धेरै समय खर्चदैनन्। यो सासुहरुलाई अपाच्य हुन्छ। यही मनमुटावका कारण छोराबुहारी अलग हुन्छन्। यस्तोमा दुवै पुस्तालाई सम्झाएर सासुहरुलाई सहारा र छोरा-बुहारीलाई आमाबाबुप्रतिको जिम्मेबारी वोध गराउनुपर्ने अधिकारकर्मीले बताइन्।

Leave a Reply

Your email address will not be published.