आदिवासी जनजातिहरुको नयाँ बानेश्वरमा विरोध प्रदर्शन (फोटो फिचर)

NEFIN Protest-1

काठमाडौं- आदिवासी जनजाति महासंघले पहिचानसहितको संघीयता माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। संविधान सभामा संघीय संरचनाबारे बहस भइरहँदा आदिवासी जनजातिको पहिचान मेटाउने प्रयास गरेको भन्दै महासंघले शुक्रबार र्‍यालीसहि प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालले आदिवासी जनजातिको पहिचानलाई मेटाउने प्रायस गरेको भन्दै प्रदर्शन गरेको बताए। उनले हाम्रो पहिचानलाई मेटाउने खोजे आन्दोलन चर्काउने बताए। ‘संविधान सभा सदस्यहरुलाई ध्यानाकर्षणका निम्ति हामीले यो प्रदर्शन आयोजना गरेका हौं। हाम्रो पहिचानलाई मेटाउन खोजे आन्दोलन चर्काउँछौं,’ उनले भने।
त्यस्तै महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले संविधान सभाभित्र रहेको एउटा शक्तिले आदिवासी जनजातिको पहिचान मेटाउने प्रयास गरेको बताए। उनले संविधान सभा बाहिर पनि त्योभन्दा ठूलो शक्ति रहेको देखाउनका निम्ति यो प्रदर्शन गरेको बताए। उनले संघीय संरचनाको निर्माण गर्दा पहाड र हिमालमा बराबर प्रदेश बनाइउनुपर्ने बताए।

र्‍यालीलाई प्रहरीले नयाँ बानेश्वर चोकमा घेरेको थियो। मदन चौधरीले खिचेका केही तस्बिर हेर्नुस्:
NEFIN Protest-2 NEFIN Protest-3 NEFIN Protest-4 NEFIN Protest-5 NEFIN Protest-7 NEFIN Protest-8 NEFIN Protest-9 NEFIN Protest-10 NEFIN Protest-11 NEFIN Protest-12 NEFIN Protest-13 NEFIN Protest-14 NEFIN Protest-15 NEFIN Protest-16 NEFIN Protest-17 NEFIN Protest-18

Leave a Reply

Your email address will not be published.