थारु कल्याणकारिणी सभाको बारा सभापतिमा रामप्रसाद चौधरी

Bara_thakasa-1

बारा- राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखीले संविधान सभामा राज्य पुनर्संचनाको बहस चलिरहेको बेला थारुहरु निदाएर बस्न नहुने बताएका छन्। बाराको कोल्हबीमा भएको थारु कल्याणकारिणी सभाको सातौं जिल्ला अधिवेशनमा बोल्दै लेखीले थारुहरुले समाजिक कूरीतिको मात्र नभएर भाषिक र राजनीतिक अधिकारका निम्ति अग्रसर हुनुपर्नेमा जोड दिए। Bara_thakasa-2
‘थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभाले ३० वर्षअघि समाजिक विकृति र कूरीतिका कुरामा जोड दिन्थ्यो। तर अहिले त्यतिमै सीमित हुनु हुँदैन,’ उनले भने, ‘समुदायिक, भाषिक र राजनीतिक पहिचानका निम्ति थारुहरु एकजुट हुनु जरुरी छ।’
पञ्चायतकालमा थारुहरु ठगिएको भन्दै लेखीले अब बन्ने संविधानमा त्यस्तो हुन नदिन सबैमा आग्रह गरे। महेन्द्रले ७५ जिल्लामध्ये ५३ वटा पहाडमा राखेर विभेद गरेको बताउँदै उनले देश संघीयतामा जाँदा थारुहरु पनि सामान अधिकार पाउनुपर्नेमा जोड दिए।Bara_thakasa-5
‘देश संघीयतामा जाँदा पहाडमा जति प्रदेश बनाइन्छ, त्यति नै प्रदेश तराईमा पनि बनाइनुपर्छ,’ उनले भने, ‘अनिमात्र तराईका भूमिपुर थारुले सामान अधिकार पाउँछन्।’ तराई र पहाडमा कम वेसी प्रदेश बनाइँदा अवसरको कमी हुने बताउँदै सामान प्रदेश बनाइनुपर्नेमा जोड दिए। Bara_thakasa-3
बारा सभापतिमा रामप्रसाद चौधरी
थारु कल्याणकारिणी सभाको बारा सभापतिमा रामप्रसाद चौधरी निर्वाचित भएका छन्। बाराको कोल्हबीमा भएको सातौं महाधिवेशनमा राम्रप्रसादसहित ११ जनाको जिल्ला कमिटी गठन गरिएको छ। त्यस्तै असोज २९, ३० र ३१ मा हुने थारु कल्याणकारिणी महाधिवेशनमा पाँच जना प्रतिनिधिसमेत चयन गरिएको छ। आयोजित समारोहमा नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी, नेकपा एमालेका सभासद् वलवीर चौधरी र थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष चन्द्रकुमार चौधरीलाई विशेष अतिथि बनाइएको थियो।Bara_thakasa-4
कार्यक्रममा बारा सदरमुकाम कलैयामा थारु कल्याणकारिणी सभाको तीन तल्ले भवन निर्माण भएको कुरा जानकारीसमेत गराइयो। रामचरित्र चौधरीको कार्यकालमा सो भवन निर्माण भएको हो। त्यस्तै बाराकै कोल्हबीमा थारु कल्याणकारिणी सभाको क्षेत्रीय कार्यलय स्थापना हुने भएको छ। त्यसको लागि सभासद्हरुले एक-एक लाख दिने वाचा गरेका छन्।

Leave a Reply

Your email address will not be published.