चौतारी र क्रान्तिकारीको सहकार्यमा थारु पत्रकार संघको समर्थन

Lucky Chaudharyकाठमाडौं- थारु पत्रकार संघले प्रेस चौतारी र क्रान्तिकारीबीच भएको सहकार्यप्रति समर्थन जनाएको छ। नेपाल पत्रकार महासंघको वैशाख २० र २१ गते हुने २४औं महाधिवेशनले महासंघको विधानलाई थप समावेशी चरित्रको बनाउने प्रतिवद्धताप्रति थारु पत्रकार संघ खुसी रहेको अध्यक्ष लक्की चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघ, नेपालबीच वैशाख १० गते भएको सहकार्यको हामी पूर्ण समर्थन गर्दछौं। ‘दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको छ बुँदे प्रतिवद्धताप्रति हामी समर्थन गर्दै त्यसको व्यवहारमा कार्यान्वयनको आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘दुई संस्थाबीच भएको सहकार्य र सहमतिको स्वागत गर्दै हाम्रो संगठनको तर्फबाट आगामी निर्वाचनमा डा. महेन्द्र विष्ट नेतृत्वको सोही संयुक्त व्यवसायिक प्यानललाई विजय गराउन संगठनको तर्फबाट पूर्णतः जिम्मेवार भएर लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्दछौं।’ विज्ञप्तीमा भनिएको छ, ‘संयुक्त प्यानलले गरेको प्रतिवद्धताको कार्यान्वयन र पत्रकारका अन्य संगठनहरुलाई पनि सोहीअनुसार जिम्मेवार बन्न आग्रह गर्दै नेपाल पत्रकार महासंघलाई सबैको साझा थलो बनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं। सो अभियानमा हाम्रो साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्दछौं।’

Leave a Reply

Your email address will not be published.