पहिचानको लडाइँमा थारुहरु एक हौं

Sanjay Chaudharyसंजय चौधरी- जन्मसँगै मानिसले आफ्नो पहिचान बोकेर आउँछ। त्यो पहिचान उसको मृत्युपश्चत् पनि जिवित रहन्छ। जन्मसँगै मैले पनि ‘थारु’को पहिचान बोकेर आएको छु। थारु बस्ने तराईका भूभागमै जन्मिए, हुर्किए र पढेँ पनि। मेरो आफ्नो मौलिक पहिचान छ। रीतिरिवाज छ। परम्परा छ। भलै मेरो पछाडि कुनै थर जोडिएको छ। तर म थारु हुँ। र, गर्वका साथ भन्न सक्छु यो मेरो पहिचान हो।
जन्मसँगै मानिसले आफ्नो पहिचान बोकेर आउँछ। त्यो पहिचान उसको मृत्युपश्चात् पनि जीवित रहन्छ। जन्मसँगै मैले पनि ‘थारु’को पहिचान बोकेर आएको छु। थारु बस्ने तराईका भूभागमै जन्मिए, हुर्किए र पढेँ पनि। मेरो आफ्नै मौलिक पहिचान छ। रीतिरिवाज र परम्परा छ। भलै मेरो पछाडि कुनै थर जोडिएको छ। तर म थारु हुँ। र, गर्वका साथ भन्न सक्छु यो मेरो पहिचान हो।

ठाउँअनुसार थारु समुदायका परम्परा फरक फरक हुन्छन्। विवाह, ब्रतबन्ध पनि फरक तरिकाले हुने गर्छ यो समुदायमा। पूर्वदेखि पश्चिमसम्मै थारु समुदायको भाषाम विविधता छ। कतिपय शब्द उही भए पनि ठाउँ अनुसार फरल लवज बोलिने गरिन्छ। भाषासँगै संस्कृति र भेषभुषामा पनि विविधता छ थारु समुदायमा। यो नै थारुको मौलिक पहिचान हो।

हाम्रो यो पहिचानलाई हामीले त्याग्न सक्दैनौं। कसैले हाम्रो पहिचानलाई परिर्वतन गर्न पनि सक्दैन। दुःखको कुरा के भने हाम्रो पहिचानलाई यहाँ मेटाउन खोजिँदैछ। हामीलाई मधेसी बनाइँदैछ। तर हाम्रो पहिचान थारु अर्थात् थरुहट हो। तराईको सम्पूर्ण भूभागलाई मधेसीकरण गर्न खोजिँदैछ। जुन कुरा हामीलाई सैह्य छैन।

कतिपय क्षेत्रमा मधेसीको पनि इतिहास होला। तर एक क्षेत्रमा उनीहरुको इतिहाँस छ भन्दैमा तराईलाई नै मधेस बनाउन कदापि मिल्दैन। थारुको पनि इतिहास छ। दाङ र सुनसरीमा थारुको राज्य थियो। अहिले पनि थारु गाउँहरुमा त्यसको प्रमाण पाउन सकिन्छ। लुम्बिनीमा बुद्धको राज्य थियो। भनिन्छ भगवान गौतम बुद्ध थारु जातकै थिए। यसको पुष्टि त्यहाँ बसोबास भएका थारु गाउँले पनि गर्छ। थारु जातको स्वाभाव भगवान गौतम बुद्धजस्तै शान्तिप्रिय र नम्र पनि छ।

थारुको सोझोपनको फाइदा उठाएर भारतबाट आएका मधेसीहरुले तराईलाई मधेस बनाउन खोज्दैछ। बाहुनवादी सरकार पनि त्यस अवसरमा थारु र मधेसीलाई एक अर्कासँग भिडाउन खोज्दैछ। त्यही योजनाअनुरुप थारुलाई मधेसीमा राखिएको विधेयकलाई थारु नेताहरुको विरोधका बावजुत संविधान सभामा पारित गरिसकेका छन्।

थारुलाई आफ्नै भूमि मधेसी र पहाडियाले हलिया, सुकुम्बासीदेखि कमलरीसम्म बनाए। थारुहरु आफ्नै भूमिमा अधिकारविहीन भएका छन्। त्यसैले उनीहरु पहिचानको निम्ति संर्घष गरिरहेका छन्। संघर्षले सफलता नपाउनुको कारण पनि थारु समुदायका नेताहरु एकीकृत नहुनु हो।

कङ्ग्रेस र एमालेका थारु नेताहरुले पूर्णरुपमा पहिचानको लडाईँमा समर्थन गरेको पाइँदैन। यसको पुष्टि वैजनाथ थारुले स्वयंले पुष्टि गरेका छन्। उहाँ एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ। थारुलाई मधेसीमा बनाइएको विधेयक संसोधनको प्रस्ताव उहाँले पार्टीका ठूला भनाउँदा नेताको आग्रहमा फिर्ता लिए। उहाँकै कारण थारु मधेसीको सूचीबाट बाहिर निक्लिन पाएनन्।

सायद उहाँलाई त्यस समय आफ्नो पहिचानभन्दा पार्टीले दिएको सभासद्को पद ठूलो लाग्यो होला। कङ्ग्रेसका कुनै थारु नेताले मस्यौदा संसोधनको जिम्मा नलिए पनि मतदान मस्यौदाको पक्षमै गरे।
मधेसवादी दलमा भएका थारु त झन् सोझै थारुको पहिचान बेचिएको मानिन्छ। यिनीहरुले मात्र थारुलाई धोका दिएका छैनन्। शीर्ष दल मानिने कङ्ग्रेस, एमालेका ठूला नेताहरुले त झन् स्पष्टरुपमा सोझा थारुलाई प्रयोग गरिरहेका छन्। प्रधानमन्त्री सुशील कोइरालाको कुरा गर्ने हो भने उनी चितवनका थारुहरुको मतले विजयी भएका थिए।

गृहमन्त्री बामदेव गौतम पनि बर्दियाका थारुकै मतले चुनाव जितेका हुन्। तर अहिले थारुलाई मधेसी बनाउन उहाँले नै मुख्य भूमिका निभाएका छन्। उहाँले नै बैजनाथ थारुलाई दबाब दिएका थिए। बाध्य भएर एमालेका बैजनाथ थारुले विधेयक संसोधनको प्रस्ताव फिर्ता लिए।

अर्का वरिष्ठ नेता शेरबहादुर देउवा पनि कैलालीको थारुकै भोटबाट चुनाव जितेका हुन्। पहिलो संविधान सभा चुनावमा पनि माओवादी पहिलो दल बन्नुको एउटा कारण थियो- थारुको मत। तर माओवादी स्वयं थारुलाई धोका दिनेमा पहिलो नम्बर बने।

माओवादी अध्यक्ष पुष्षपकमल दाहालले नै अखण्ड चितवनको नारा दिएका थिए। जबकि चितवनमा ७० प्रतिशत थारुको जनसङ्ख्या छ। तसर्थ चितवनलाई थरुहट/थारुवान राज्यमा राखिनुपर्छ। यसकै प्रभावले अखण्ड सुदूरको नारा जन्मियो र थारुको आन्दोलन भइ थारु शहिदहरु जन्मिए।

त्योभन्दा ठूलो गल्ती दाहालले थारुलाई मधेसीको सूचीमा राख्यो। त्यही कारणले झापादेखि कैलालीसम्म थरुहट आन्दोलनले सडक तताए र थरुहट राज्यको माग अगाडि सारियो। जसलाई मधेस आन्दोलनको विपरीत आन्दोलनको रुपमा कतिपयले बुझे। राष्ट्रिय मिडियाहरुले भने जातिय आन्दोलनको संज्ञा दिए। उनीहरुले थरुहट आन्दोलनमात्र हैन एकै साथ भएको लिम्बुवान, खुम्बुवान, मगरात, तामसलिङ, तमुवान सबै पहिचानको आन्दोलनलाई जातीय भनी सर्वसाधारणमा भ्रम फैलाए र त्यो अझपनि जारी छ।

आजकल मिडियामा संघीयताले देश टुक्र्याउँछ भन्ने गलत धारणा प्रकाशन/प्रसारण भइरहेका छन्। संघीयतालाई विश्वका अन्य मुलुकसँग तुलना गर्छन् जहाँ अरु कारण देश टुक्रेका छन्। तर संघीयताले शक्तिशाली बनेका अमेरिका, बेलायत आदि देशको उदाहरण कहिले दिँदैनन्। हालैमात्र क्रिमिया रुसमा बिलय भएको उदाहरण पनि आजकल चर्चाको विषय बनाएका छन्। यो घटना हुनुको कारण क्रिमियामा ५३ प्रतिशत रुसी हुनु थियो, जसलाई तराइको मधेसीसँग तुलना गरेर तराई विलय हुन सक्ने भनेर प्रचार गरिन्छ।

यस्ता उदाहरण दिएर संघीयताविरुद्ध जनमानसमा गलत सन्देश दिन्छ। तर मधेसीलाई जथाभाबी नागरिकता बाँडने नेपाल सरकार नै हुन्। बिहारका बेरोजगारहरु नेपाल आएर सजिलै नागरिकता प्राप्त गर्छन्। कोही बिहेको नाटक गरेर त कोही घुसपैठ गरेर नागरिकता प्राप्त गर्छन्। यसको नतिजा गलत हुने सरकारले थाहा पाउँदापाउँदै भारतीय दबाबका कारण मौन बसेका छन् बरु तिब्बतीहरुलाई कुनै नेपालीले नागरिकता दिन सहयोग गरेमा कडा कारबाही गरिन्छ।

यसरी जथाभाबी नागरिकता बाँडदा र भारतीयको बसाइसराइ नेपालमा हुँदा तराईका भूमीपुत्र स्वयं थारु अल्पतमा पार्ने काम गरिएको छ।

थारुहरु दक्षिण, मधेसी, र उत्तरका पहाडी समुदायको चेपुवामा मात्रै परेका छैनन्। आफ्नै भूमिमा अधिकारविहीन समेत भएका छन्। थारुको इतिहासलाई मधेसी लेखक तथा बुद्धिजीवीले मधेसी बनाउने कसरत गर्छन् भने पहाडिया लेखकले मंगोलियन बनाउने प्रयास गर्छन्। तर यर्थातमा थारु न मधेसी हो, न पहाडिया। थारुको पहिचान भनेकै थरुहट हो। यो थारुको जातीय पहिचान पनि हो। तर दु:खको कुरा थारुले आफ्नो अधिकार प्राप्तीका लागस गरेको आन्दोलनलाई नेपाली मिडियाले जातीय आन्दोलन भनेर ब्याख्या गर्छन्।

आफ्नै भूमिमा अधिकार र पहिचानविहीन भएका थारुलाई सरकारले पनि हेपेको पाइन्छ। सरकार र राजनीतिक दललाई थाहा हुँदाहुँदै पनि थारुलाई मधेसी बनाउन प्रयत्न गरेका छन्। त्यही भएर थारुहरुले आफ्नो पहिचानको रक्षा गर्ने बेला आएको छ। समयमै थारुले आफ्नो पहिचान रक्षा गर्न सकेन भने त्यो सदाका लागि मर्नेछ।

थारुले ती मधेसीलाई जवाफ दिनैपर्छ। जसले थारुको पहिचानमाथि धावा बोल्न खोजेका छन्। थारुले उनीहरुलाई मुख तोडेर जवाफ दिनैपर्छ। त्यसका लागि पूर्व झापादेखि पश्चिम कञ्चनपुरका थारुहरु एकजुट हुनैपर्छ। बिना एकता समस्याको समाधान पक्कै हुँदैन।

आफ्नो पहिचानका निम्ति थारुले एकपटक फेरि सशक्त आन्दोलन गर्नैपर्छ। हाम्रो देशमा अधिकार मागेर पाइँदैन, लडेर र खोसेर लिनुपर्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यसका लागि सबै थारुले बलिदान दिन तयार हुन जरुरी छ।

अनि मात्र थारुले आफ्नो पहिचान प्राप्त गर्न सक्छ। यसका साथै विभिन्न दलमा आबद्ध थारु नेता, थारु कर्मचारी, कामदार आदि सबैले आफ्नो स्वार्थ त्यागेर पहिचानको लडाइँमा सामेल हुनुपर्छ। जय थरुहट!
लेखक थारु विधार्थी समाज उपत्यका समितिका सदस्य हुन्।

Leave a Reply

Your email address will not be published.