आइफोनको भाउ घट्दै

iphone5c

एप्पलले आई–फोन फाइभ सीको भाउ घटाउने विषयमा भएको पत्राचार सार्वजनिक भएको छ। ओटू जर्मनीबाट लिक भएको इमेलअनुसार आई–फोन फाइभ सीको मूल्य करिब ६० युरो अर्थात् ९ हजार रुपैयाँ घट्दैछ भने पहिलेको ८ जीबी स्टोरेज क्षमता बढाएर १६ जीबी बनाइदैछ। इमेलको स्त्रि्कनसट जर्मनको एक ब्लगरले सार्वजनिक गरेका थिए। प्रविधिको अर्को साइट इंग्याजेटले यसलाई उद्धृत गर्दै अपलोड गर्योक। त्यतिमात्र होइन इंग्याजेटले कम मूल्यमा ल्याइने तयारी भएको फोनको अन्य स्पेसिफिकेसनहरू पनि सार्वजनिक गर्यो ।  
एप्पलका लागि आई–फोन फाइभ सीको परीक्षण सोचेअनुसार नभएकाले उसले मूल्य कम र क्षमता बढाउन खोजेको हो। एन्ड्रोइडमा आधारित स्मार्टफोनले बजार जुन रफ्तारमा बढाउँदै गएको छ त्यसलाई रोक्न पनि एप्पलले मूल्य घटाउनुपर्ने अवस्था सिर्जना भएको हो। सन् २०१३ मा लन्च भएको यो मोबाइललाई एप्पलले हतारमा नै अपग्रेड गर्ने र भाउ घटाउने तयारी गरेको हो। जबकि, यसको सफ्ट लन्च अगाडि नै निकै कम मूल्यमा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको थियो। विकासोन्मुख मुलुकका बजारलाई लक्षित भनेर उल्लेख गरिएको यो ग्याजेट अन्नतः सोचेअनुसार सस्तो मूल्यमा बजारमा आएन। त्यसको फाइदा एन्ड्रोइड अपरेटिङमा आधारित स्मार्टफोनहरूले लिए। अब घट्दो मूल्यमा आउने आई–फोनले लिने बजार कस्तो हुन्छ केही समय कुर्नु नै पर्ने हुन्छ। यसले दुई अपरेटिङ सिस्टममा आधारित स्मार्टफोनको प्रतिस्पर्धालाई थप माथि लैजाने निश्चित छ।

Leave a Reply

Your email address will not be published.