आउँदै छ आई–फोन ६

iphone6पोहोर एप्पलले आफ्नो उत्पादन आई–फोनको नयाँ संस्करण ल्याउँदा आई–फोन ६ ल्याउनुको साटो पुरानै आई–फोन फाइभका दुई परिस्कृत संस्करण पेश गर्यो , आई–फोन फाइभ एस र आई–फोन फाइभ सी। फाइभ सीलाई सस्तो मोडलका रूपमा प्रचार गरिए पनि यो त्यति सस्तो भने रहेन। सस्तोको साटो यो कलरफुल रह्यो। यद्यपि, बजारमा फाइभ एस जति फाइभ सी बिकेन। धातुको साटो प्लास्टिक रोजेको कारण पनि उपभोक्ताले यो त्यति नरुचाएको हो कि भन्ने बहस चल्यो। हुन त सामसुङका उत्पादनहरू प्लास्टिक कभरमै हुन्छन्।
यो पटक भने आई–फोन सिक्सको लन्च गर्ने समय ढिला नहुने संकेत देखिएको छ। आई–फोनको चिप यसअघि एप्पलले सामसुंगबाट खरिद गर्दै आएको थियो। तर, यस पटक सामसुंगलाई छाडेर एप्पल ताइवान पुगेको छ। ताइवानको सेमिकन्डक्टर उत्पादन गर्ने कम्पनी टीएसएमसीले ए ८ चिप बनाउने ठेक्का पाउन लागेको बताइएको छ।
आई–फोन ६ को रिलिज नजिकिन लागेको संकेत भने पाइएको छ। एप्पलको खुद्रा बिक्रेता साझेदार बेस्ट बाइले आई–फोन फाइभ एसका स्टकलाई निकै सस्तोमा छुटमा बिक्री गरेको छ।
के हुनेछ नयाँ?
आई–फोन ६ को विशेषता ठूलो स्त्रि्कन हुने बताइएको  छ।  अहिलेसम्मका आई–फोनहरूमा भन्दा ठूलो डिस्प्ले यसमा हुने भनिएको छ। सोनीको एक्सपेरिया जेड, सामसुङको ग्यालेक्सी एस ४ र एचटीसी वानले जसरी ठूलो डिस्प्लेबाट फाइदा उठाएका छन्, त्यसरी नै एप्पल पनि ठूलो स्त्रि्कनको बजारमा उत्रनेछ।
सुरुका रिपोर्टमा आई–फोन ६ को स्त्रि्कन साइज ४.८ इन्च हुने भनिए पनि यो ५ इन्चसम्मको हुनसक्ने रिपोर्ट आएका छन्। हल्ला त ४.७ र ५.७ इन्चका गरी दुई संस्करणमा आउने पनि छ। प्रविधिको क्षेत्रमा यस्ता हल्लाको निकै महŒव हुन्छ। विशेष गरी कम्पनीले आफ्नो नयाँ उत्पादनबारे आधिकारिक रूपमा केही पनि नबताई लुकाउने गर्छन्। यस्तो अवस्थामा कम्पनीकै आधिकारिक व्यक्तिबाट चुहिएका विभिन्न जानकारी यसरी हल्लाका रूपमा ट्वीट, ब्लगमार्फत सार्वजनिक हुन्छन्।
इटी न्युजका अनुसार नयाँ आई–फोनको स्त्रि्कनमात्र ठूलो हुने हैन कि यो अहिलेसम्मकै पातलो आई–फोन पनि हुनेछ। यसको मोटाइ ६ एमएम हुनेछ। अर्थात् आई–फोन ५ भन्दा यो १.६ एमएम पातलो हुनेछ। पुरानो आई–फोन ३ जीएसभन्दा त यो आधा नै पातलो हुनेछ।
नीलमको डिस्प्ले ग्लास
एप्पलले यस पटक निकै बलियो स्मार्टफोन बनाउने प्रयास गरेको छ। आई–फोन ६ मा नीलमको सुपर टफ स्त्रि्कन राख्ने सम्भावना छ। जीटी एडभान्स्ड टेक्नोलोजीससँग यसले नीलमको ग्लास बनाउने सम्झौता गरिसकेको छ।
कहिले आउँछ त?
आई–फोन ६ को रिलिज डेटबारे अहिलेसम्म एप्पलले केही बताएको छैन। तर, आई–फोन ५ एसको रिलिज भएको एक वर्षपछि अर्थात् सेप्टेम्बरमा हुनसक्ने एकथरीले अनुमान गरेका छन्। त्यस्तै अर्को थरीले मे महिनामा नै यो रिलिज गरिने अनुमान गरेका छन्।  वर्ल्डवाइड डेभलपरहरूको कन्फरेन्स हुने महिना अर्थात् जुनमा नै यो रिलिज हुने अनुमान पनि गरिएको छ।
नयाँ बजारको खोजी
एप्पलले बिस्तारै नयाँ बजारको पनि खोजी गर्न थालेको छ। यसै क्रममा यस पटक एप्पलले पहिलो पटक ब्राजिलमा आधिकारिक रूपमा आई–फोन फाइभ एस पुर्यासएको छ। नेपालजस्तो देशमा भने यसले अझै आधिकारिक रूपमा आई–फोन बिक्री थालेको छैन। छिमेकी देश चीन र भारतको ठूलो बजारलाई यसले उपयोग गरिसकेको छ। तर, नेपालमा भने आफन्त वा साथीभाइले ल्याइदिने वा त्यसरी ल्याइएका सेट नै बिक्री भइरहेको छ।
ओपेराको किफायती ब्राउजर
नर्वेली ब्राउजर कम्पनी ओपेरा सफ्टवेयरले डेस्कटपमा खासै केही गर्न नसके पनि मोबाइलमा भने धेरैले यसलाई रुचाएका छन्। नेपाली फन्ट सपोर्ट नगर्ने मोबाइलमा समेत यो ब्राउजर राखेर अलिकति चलाखीपूर्ण सेटिङ गर्ने हो भने अक्षर देखिन्छ। ओपेरा लोकप्रिय हुनुको कारण यसको किफायतीपना पनि हो।
ओपेराले अब अझै किफायती ब्राउजर बजारमा ल्याउने भएको  छ। मोबाइलको डेटा कम खाने गरी बनाइएको ब्राउजर ओपेरा म्याक्सको बेटा संस्करण गएको साता सार्वजनिक गरिएको थियो।
डिसेम्बर महिनामा यो लिमिटेड ट्रायल लन्चपछि अमेरिका र पश्चिमी युरोपका एन्ड्रोइड युजरका लागि मंगलवारदेखि यसको पब्लिक बेटा आधिकारिक रूपमा सार्वजनिक गरियो। नयाँ एपले सबै एपको डेटा कन्जम्पसनलाई घटाइ दिने बताइएको छ।
ओपेरा म्याक्स एउटा निःशुल्क एप हो जसले भीपीएन प्रयोग गरेर प्रयोगकर्ताको फोनको डेटा प्रयोग मापन गर्छ। त्यसपछि ओपेराको सर्भरबाट नन इन्त्रि्कप्टेड डेटा रिक्वेस्ट पठाएर भिडियो, फोटो र वेबसाइटहरूलाई कम्प्रेस गर्छ। यसबाट कम डेटामात्र उपयोग हुन्छ। यसले फेसबुकजस्तो एपलाई भने काम गर्दैन। किनभने, यस्ता एप्सले इन्त्रि्कप्टेड डेटा प्रयोग गर्छन्।

Leave a Reply

Your email address will not be published.