थारु विवाहमा गाइन्छ ‘माँगर’

बाराको डुमरवानामा थारु समुदायका युवाको विहापछि घरमा पूजा गर्दे।
बाराको डुमरवानामा थारु समुदायका युवाको विहापछि घरमा पूजा गर्दे।

सन्जु चौधरी, बर्दिया- थारु जातिमा माँगर बिहेको समयमा गाउने एउटा भाका हो। माँगर अरु समयमा गाइँदैन्। माँगर बिहेको सीजनमा गाइन्छ। ठोकौनी (मग्नी)को समयमा गाउने माँगरको लय एउटै भए नि शब्द फरक-फरक हुन्छ। पश्चिमतिरको थारु जातिमा बिहेको बेला प्रचलित गीत हो। थारु जातिमा मग्नीको बेला अर्थात् ठेकौनीमा समेत बुढापाकाहरु माँगर गाउँने गर्छन्।
थारु जातिको बिहे सुरुको दिनलाई दिउली दर्ना भनिन्छ। यो दिनमा दुलहा र दुलहीको घरमा दिउली दर्ने गरिन्छ। दिउली दर्ना यसमा दुलहाको भाउजु वा आमालाई भोजिन्ह्या भनिन्छ। बहिनी वा भतिजीहरु बर्की नेधरिया वा छोट्की नेधरीया भनिन्छ। भोजिन्ह्या र नेधरिया थारु परम्परागत गहना र लुगा लगाएर दिउली गर्छन्।
दीउली दर्ना भनेको बिहेमा चाहिने लगनको खाने कुरा बनाउनको लागि कालो दाल (उरुद) अनि चामल सो बस्तुबाट बनेको खानेकुरालाई बरिया भनिन्छ। दिउली दर्ने बेलामा पनि माँगर गाउने गरिन्छ। यस बेलामा यसको विशेष महत्व हुन्छ यस समयमा भोजिन्ह्या, नेधरियाले दिउली दर्ने बेलामा सुरहवाहरुले जातो रोक्छन्। यस समयमा यस प्रकारको माँगरको भाका हुन्छ।
अरी काहासेन सिरिजल चकियाक पिह्रीया
अरी कहासेन सिरिजल चकियाक खुटिया
श्रीखोला सिरिजल चकियाक पिह्रीया
बिजा बन सिरिजल चकियाक खुटीया
अरी कहासेन सिरिजल बाबुरी नेधरिया
मैरी कोखी सिरिजल बाबुरी नेधरिया
अरि कहासेन सिरिजल बाबुरी भोजिन्ह्या
मैरी कोखस् सिरिजल बाबुरी भोजिन्ह्या
यसरी गाइन्छ, बिहे भएको घरमा काम गर्नका लागि गाउँका पुरुषहरुलाई भलमन्साको आदेश अनुसार काम गर्न पठाइन्छ बिहेभरि तिनीहरुलाई सुरहवा भनिन्छ। सुरहवाहरुले दिउली दर्ने बेलामा जातो रोक्छन्। यस्तो बेलामा माँगरबाट दोहोरी चल्छ यदि दीउली दर्नेलाई गाउन आउदैन् भने यस्तो बेलामा सुरहवाहरुले जातो रोकेर राख्छन्। यस्तो बेलामा दीउली दर्नेले गाउने माँगर यसप्रकार रहेको छ।
अर छोरो छोरो गाउँकी सुरहवा चकियाक खुटीया
दिउली दरुया किउ नही हुइट
यति भने पछि सुरहवाहरुले दिउली दरेको जातोलाई रोक्दैनन्।
दुलाहा दुलहीको घरमा जन्ती आए पछि गाउने माँगर यसप्रकार हुन्छ। दुलाहा दुलहीको घर जन्ती आउँदा पहिला थारु समुदायमा दुलाहालाई गाली गर्ने चलन थियो। अहिले यो चलन बिस्तारै हराउदै गएको छ। दुलाहालाई गाली गर्दा धेरै अश्लिल शब्द पनि प्रयोग गरिन्छ। दुलाहा ससुराली पुगेपछि चाहि गाउने माँगर यसप्रकार छ।
हैरे आँधी घुघु आइगल पथरा बरसी गैल
हैरे सुनो र भिटोर्या  भैया सुनो र भिटोर्याछ भैया
लानो लानो सोनकी कोपरवा गंगाजल पनीया
हमार नेधरियक गोरवा धुवाई देउ
पटुका बिछायल बा
हैरे सुनो र भिटोर्या  भैया सुनो र भिटोर्याछ भैया
लानो लानो सोनकी कोपरवा गंगाजल पनीया
हमार दुलह्वाक गोरवा धुवाई देउ
पटुका बिछायल बा
खुट्टा धोइसकेपछि दिउह्रार जाने बेलामा सालीहरु र सुरहवाहरुले बाटो छेकेर बस्छन्। यस बेला गाउने माँगर यसप्रकार हुन्छ।
अरी जिनि छेको जिनिरी छेको गवकी सुरह्वा
काहामन गरबु कँधकी बरछिवा
काहामन धरबु सोभन देलवा
यसरी थारु समुदायमा बिहेमा माँगरको महत्व रहेको हुन्छ। माँगर बिहेमा बाहेक अरु समयमा गाउने चलन हुँदैन्। बिहेमा यदि माँगर गाइयने भने छोरा छोरी लाटो जन्मिन्छ भन्ने थारु जातिमा विश्वास रहेको छ। त्यसैले बिहेमा अनिवार्य रुपमा माँगर गाउने चलन छ।

Leave a Reply

Your email address will not be published.