प्रधानन्यायाधीशको पदबाट रेग्मीको राजीनामा

chairman Regmi-sambodhan

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीले सो पदबाट राजीनामा दिएका छन्। आजैदेखि लागू हुने गरी उनले राष्ट्रपति डा रामवरण यादवसमक्ष राजीनामा दिएका छन्। मन्त्रिपरिषद्को अध्यक्षको हैसियतमा राष्ट्रिय विकास परिषद्को सभाकक्षबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदबाट राजीनामा दिई अलग हुने निष्कर्षमा पुगेको घोषणा गरेका हुन्।
संविधानसभाको निर्वाचन प्रयोजनका लागि गत साल चैत १ गते मन्त्रिपरिषद्को अध्यक्षका रुपमा कार्यभार सम्हाल्नु भएका रेग्मीले मुलुकले तोकेको कार्यभार पूरा गरेको भन्दै खुसी व्यक्त गरे। रासस

Leave a Reply

Your email address will not be published.