कमलरीबारे बनेको वृत्तचित्र न्युयोर्क फेस्टिभल्सको अन्तिम सूचीमा

kamalari

काठमाडौं- कमलरी प्रथाबारे बनेको खोजमुलक वृत्तचित्र ‘नेपाल्स स्लेभ गर्ल्स’ न्युयोर्क फेस्टिभल वर्ल्ड वेस्ट टिभी एन्ड फिल्म अवार्डको अन्तिम सूचीमा परेको छ। अलजाजिरा नेटवर्कको निर्माणमा बनेको उक्त वृत्तचित्र नेपालको काठमाडौं र पश्चिम तराईको दाङ र कैलालीमा छायाँकन गरिएको हो।
पश्चिम तराईका थारु चेली (कमलरी) मालिकको घरमा कसरी शोषण भइरहेको छ, मालिकको घरमा मृत्यु हुँदासमेत आलटाल गर्ने प्रहरी-प्रशासन र प्रशासनविरुद्ध मुक्त कमलरीले चालेको अभियानबारे वृत्तचित्रमा देखाइएको छ। वृत्तचित्र स्पेटम्बर २६ का दिन अलजाजिरा टिभीबाट प्रसारण गरिएको थियो।
काठमाडौंका भिआइपीहरुको घरमा राखिएकी कमलरीलाई गरिएको उद्दार पनि वृत्तचित्रमा देखाइएको छ।
ललितपुरस्थित युवराज पौडेलको डेरामा ललमटियाकी १२ वर्षीया सिर्जना चौधरीको हत्या भएको थियो। सोही हत्याको छानबिन माग गर्दै मुक्त कमलरीहरुले राजधानी केन्द्रीत आन्दोलन गरेका थिए। त्यही घटनाबाट वृत्तचित्रको कथा सुरु हुन्छ।
वृत्तचित्रको प्रस्तुतीकरण सुविना श्रेष्ठले गरेकी थिइन्। वृत्तचित्रका निर्माता भने सारा इयो हुन्। वृत्तचित्रलाई ली अलिले छायाँकन गरेका थिए।

वृत्तचित्र हेर्नुस्

Leave a Reply

Your email address will not be published.