नारायणी रजौरे, दाङ- दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१ मुलकोटो र हलवार गाविस– ५ को सिमानामा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ। दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवर्द्धन हुने स्थानीयवासीको भनाइ छ।
तुलसीपुर नगरपालिका–१ को मुलकोटको र हलवार गाविस–५ को सिमानामा रहेको चमेरी गुफासम्म पुग्नका लागि सामान्य मोटर बाटो पुगेता पनि पर्याप्तरुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासी किरण केसीले बताए। यो ठाउँ तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको छ।
हालः गुफामा दैनिकरुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेको स्थानीय सीताराम पुनले जानकारी दिनुभयो। तीन तला रहेको उक्त गुफासम्म पुग्नका लागि जिल्ला विकास समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा बाटो र अन्य केही संरचना निर्माण गरिएका छन्।
गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जोकोही पनि चकित पर्ने गर्दछन्। गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुपहरू देख्न सकिन्छ। गुफामा विभिन्न तीन तह रहेका छन्। चमेरी गुफामा खासगरी चमेराहरू बस्ने भएका कारण यसको नाम चमेरी गुफा हुन गएको जानकारहरू बताउँछन्।
यो गुफा २०५२ सालमा पत्ता लागेको थियो। गुफासम्म पुग्न बाटोमा सिँढी निर्माणको काम थालनी भए पनि बजेट अभावका कारण सो काम सम्पन्न हुन नसकेको बताइएको छ। चमेरी गुफासम्म तुलसीपुर नगरपालिका र जिविस दाङको सहयोगमा विद्युत् पुर्यातइए पनि त्यो पर्याप्त छैन। स्थानीय तथा चमेरी गुफा सर्वाङि्गण विकास संस्थाका सचिव ऋषिराम पुनले यसको विकासका लागि सबै पक्ष लाग्नुपर्ने बताए। उनले भने, ‘गुफाको प्रचारप्रसार र विकास गर्नेसके पर्यटकीय क्षेत्रको रुपमा विकास हुने र यसले स्थानीयवासीमा आर्थिक विकासमा टेवा पुग्नेछ।’
हालः संरक्षण समितिले गुफा अवलोकनमा आउने व्यक्तिहरूबाट जनही रु १५ प्रवेश शुल्क लिने गरेको छ। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर
