थारुको इतिहास र राजा दंगिशरण

सन्तोष दहित- करिब एक हजार वर्ष अगाडि दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गरेको कुरा सबैलाई थाहा छ। अहिले पनि थारु राजा दंगिशरणको दरबारका केही भागहरु देखिन सकिन्छ। दरबारको दक्षिणतिर ठूल्ठूला तलाउ छन् भने पूर्वतिर मन्दिर। थारु जातिले पूजाआजा गर्दै आएको भुइह्यारको भवन अझै पनि छ। तर त्यो ठाँउमा थारु जातिका राजा दंगीशरणले गरेका हुन् या अरु जातिले भन्ने कुराको विवाद भने कायमै छ। तथापि थारु जातिको अगुवा तथा बुद्धिजीबीहरुले भने त्यो ठाँउमा थारु जातिका राजा दंगिशरणले राज्य गरेको दाबी गर्दै आएका छन्।

त्यसैको आधारमा दाङका थारुहरुले थारु राजा दंगिशरणले राज्य गरेका हुन् भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार होस् भनि २०६३ सालमा ऐतिहासिक दंगिशरण थारु राजा महोत्सवको आयोजना गरेका थिए। उक्त महोत्वसका उद्‍घाटन तत्कालीन उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठा नेता केपी ओलीले गरेका थिए।

महोत्सवमा २२ जिल्लाका थारुहरुको भेषभेषा, कला, संस्कृति, नाचगान प्रदशन गरिएको थियो। त्यसपछि पुरातत्व विभागले उक्त ठाँउमा कस्ले राज्य गरेको हो भनि पत्ता लगाउनलाई उत्खनको लागि काम अगाडि बढाएको थियो। सोहीअनुसार पुरातत्व विभागले अनुसान्धानको लागि २ पटक उत्खनन् गरिसकेको छ। dangisaran raja ph

तर अझैसम्म पुरात्व विभागले भने त्यो क्षेत्रमा कुन जातिले राज्य गरेका हुन् भन्ने कुरा बाहिर ल्याएको छैन। तथापि उत्खनाको बेला थारु समुदायले प्रयोग गर्दै आएको विभिन्न सामग्रीहरु भेटिएका थिए। उत्खननमा विभिन्न प्रकारका माटाका भाडा कुदा,  सिकार खेल्ने धनुष, घर बनाउने चार प्रकारका इटा, थारु जातिले पूजाअजा गर्दै आएको माटाका विभिन्न प्रकारका देवता, थारु महिलाहरुले घाटीमा लगाउँदै आएको मोटीका दानाहरु भेटिएका थिए।

यसरी २/२ पटकसम्म उत्खनन बेला पनि थारु समुदायले प्रयोग गर्दै आएको सामग्री भेटिन थालेपछि पुरात्व विभागले उत्खनन पनि रोकेको छ। उता उत्खननमा भेटिएका सामाग्रीहरुको अनुसन्धा गरी बाहिर ल्याउने भनि पनि वर्षौं बितिसक्दा विभागले बाहिर नल्याउनु केही रहस्यमय बन्दै गएको छ। यही विषयलाई लिएर तराईमा बस्ने अधिकांश थारु अगुवा तथा बुद्धिजीबीहरु पनि पुरात्व विभाग प्रति संशकित बनेका छन्। थारु जातिले राज्य गरेको कुरा बाहिर ल्यायो भने अरुजाति कमजोर हुन्छन् भन्ने डरले पनि पुरात्व विभागले प्रमाणित भइसकेको कुरालाई लुकाउँदै आएको हाम्रो ठम्याइ छ। गत वर्ष माघ महिनामा पुन थप अनुसन्धान गर्ने भनेर पुरात्व विभागले पुन दरबारको उत्खन्न गराएको थियो।

उत्खननका बेला पनि पहिलेको जस्तै सामग्रीहरु भेटिएका थिए। त्यस आधारमा पनि दाङमा थारु राजाले राज्य गरेको हो भनि स्पष्टरुपमा प्रमाण हुन्छ। त्यतिमात्र नभएर उत्खननमा भेटिएका सामग्रीहरु सबै थारु जातिले प्रयोग गर्दै आएको सामग्रीहरु हुबहु मिल्ने भएकाले पनि पुष्टि हुने आधारहरु प्रमाणित हुन्छ। यतिमात्र नभएर त्यतिबेला दाङ जिल्लाको भूमिमा थारु जातिका मानिसमात्र बस्दै आएको कुरा त इतिहासले नै बताइसेको छ। अरु सुमदायका मानिस यस भूमिमा पाइला टेक्ने बित्तिकै मान्छे बिरामी पर्ने, मर्ने, औंलो लाग्ने गरेको जानकारहरु बताउँछन। त्यसैले त्यति बेलाको इतिहासमा दाङमा थारु जाति राजा दंगिशरण नै थिए। तैपनि पुरात्व विभागले यति धेरै प्रमाण हुँदाहुँदै पनि पुरात्व विभागले प्रमाणित नगरिदिनु भनेको थारु जातिलाई उपेक्षा गरेको महसुस गर्न सकिन्छ।

उत्खननमा भेटिएका सामाग्रको अनुसन्धानको लागि लगिएका सामग्री तीन चार वर्ष पुग्न लाग्दा पनि अझै अनुसन्धान नहुनु भनेको थारु समुदायलाई नै झुक्याउन खोजेको आभास हुन्छ। यसैको आधारमा पनि राज्यले थारु जातिलाई पछाडि परिँदै आएको छ।

यति बलियो पहिचान हुँदाहुँदै पनि अनुसन्धानका कुरा बाहिर नल्याउनु भनेको राज्यले थारु समुदायलाई बेवास्ता गरेको हाम्रो ठम्याइ छ। यदि साँचिक्कै तराईका २२ जिल्लामा बस्ने थारु समुदायलाई सम्मान गर्न चाहन्छ भने यथाशिघ्र दंगिशरण राजाबारे अनुसन्धान गर्नुपर्छ।

त्यो ठाँउलाई व्यवस्थित गरी थारु राजा दंगिशरण पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्छ। ताकि थारु समुदायको पहिचानलाई मात्र नभएर सिंगो दाङको पहिचानलाई चिनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सजिलो होस्। साँचिकै दाङको आर्थिक तथा सांस्कृति विकास गर्न ऐतिहासिक सुकाराकोटले ठूलो मद्दत गर्न सक्छ। त्यसैले यस विषयमा सबैको ध्यान जान जरुरी देखिन्छ।

2 thoughts on “थारुको इतिहास र राजा दंगिशरण

Leave a Reply

Your email address will not be published.